आज बकर-इद: यस्तो छ भीभीआइपीहरुको शुभकामना
काठमाडौं ६, भदौ। इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद-उल-जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।
यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम छ ।
राष्ट्रपतिको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
उपराष्ट्रपतिको शुभकामना
उपपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–इद (इदुल जोहा)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले जारी गरेको शुभकामना सन्देशमा यस पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिएको छ ।
सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच आपसमा सुदृढ एकता कायम राख्ने र देशमा बकर–इद (इदुल जोहा) पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सन्देशमा नेपालको विविध धार्मिक तथा साँस्कृतिक मान्यताको धनी हाम्रो देशमा मनाइने बकर–इद (इदुल जोहा) पर्वको विशेष महत्व रहेको र यस पर्वका अवसरमा मुलुकमा स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण मद्दत पुग्ने उल्लेख छ ।
प्रधानमन्त्रीको शुभकामना
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।
बकर–इद इस्लामका पाँच आधारस्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जनाएका छन् ।
उनले संस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भनी कामना गर्दै एकता र सहकार्यको उच्चतम अभ्यासबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गरिने विश्वास व्यक्त गरेका छन् ।
सभामुखको शुभकामना
सभामुख कृष्णबहादुर महराले मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उल जोहा) का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा बलिदानी र त्याग, समर्पण शान्ति, समृद्धि, भाव र सत्मार्गमा अगाडि बढ्न विश्वमा रहेका सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिएको छ ।
सन्देशमा भनिएको छ, “हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधताले धनी देशमा मनाइने यस्ता पर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् ।”
सन्देशमा भाषा, धर्म, परम्परा, रीतिरिवाज, कलासंस्कृति देशको पहिचान, सभ्यता देशको परिचायक भएको र यस पर्वले विविधतासहित आपसी सद्भाव, भ्रातृत्वलाई जोगाउँदै धार्मिक सहिष्णुता एवं राष्ट्रिय एकतालाई मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।
सभामुख महराले सन्देशमा भनेका छन्, “इस्लाम पात्रो हिजारी संवत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको १०औँ दिनमा मनाइने बकर इद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भ्रातृत्व, त्याग, सेवाभाव र सम्मानको भावना पैदा गर्ने मैले विश्वास लिएको छु ।”
प्रचण्डको शुभकामना
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पअ कमल दाहाल (प्रचण्ड)ले मुस्लिम समुदायको महान् चाड इद उल जोहा (बकर इद)को अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
यस चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने उनले विश्वास लिएका छन् । हुभकामना सन्देशमा भनिएको छ, देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो ।
सन्देशमा भनिएको छ, यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेछ भन्ने मैले विश्वास लिएको छु । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
रामचन्द्र पौडेलको शुभकामना
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद उल अजहा (बकर इद) का अवसरमा नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
नेता पौडेलले शुभकामना सन्देश जारी गर्दै बहुभाषा, जाति, धर्म, परम्परा र चाडपर्व रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा भाइचारा, मित्रता, सद्भाव र एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुद पार्दै आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
राजपाको शुभकामना
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले देशविदेशमा रहेका इस्लाम धर्मावलम्बीमा शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।
राजपाका संयोजक महन्थ ठाकुरले आज विज्ञप्ति जारी गर्दै सो पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र सुख अभिवृद्धि गरोस होस् भनी कामना गर्दै सबै किसिमको विभेद, कुरीति र रुढिवादविरुद्ध आफ्नो सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












