धितोपत्र कारोबार सञ्चालन विनियमावली पारित,करोडौंको सेयर सूचीकरणको बाटो खुल्यो
काठमाडाैं ६,भदाै । नेपाल स्टक एक्सचेञ्जले ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ पारित गरेको छ ।
विनियमावली पारित नहुँदा करोडौ कित्ता सेयर सूचीकृत हुन सकेको थिएन । विनियमावली पारित भएसँगै बुधबार ९ कम्पनीहरुको सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।
पुरानो विनियमावली खारेज भएको र नयाँ पारित हुन नसक्दा नयाँ आर्थिक वर्ष लागेदेखि नै नेप्सेले सेयर सूचीकरण गरेको थिएन ।
बुधबार एकै दिन सिद्धार्थ बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबी बैंकलगायतका संस्थाको कुल ४ करोड ४१ लाख भन्दा बढी कित्ता सेयर सूचीकरण भएको नेप्सेका सीईओ साउदले बताए ।
जसअनुसार हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । एनएमबी बैंकले पूँजी वृद्धिका लागि निश्कासन गरेको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ पनि सुचीकृत भएको छ ।
यसैगरी सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता, कावली विकास बैंकको ९ लाख १२ हजार ९ सय १२ कित्ता, मिर्मिरे लघुवित्तको १ लाख ३८ हजार ६ सय कित्ता, सूर्योदय लघुवित्तको ७६ हजार कित्ता, हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ र भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता सेयर बुधबार सूचीकृत भएको छ ।
अन्य कम्पनीको आईपीओ सूचीकरण भोलिसम्म
सूचीकरण हुन बाँकी रहेका अन्य कम्पनीहरुको पनि बिहीबारसम्म सुचीकरण हुने नेप्सेका सीईओ साउद बताउँछन् । ‘१ महिना भन्दा बढी समयदेखि सुचीकरण रोकिएको थियो’ सीईओ साउदले भने, ‘आजै ९ वटा कम्पनीको पनि सूचीकरण गर्ने तयारी छ, आज नभएर भोलि हुन्छ ।’
नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सेयर पनि आजै सूचीकरण गर्ने तयारीमा रहेको उनले बताए । सूचीकरणका लागि थोरै मात्रै प्रक्रिया बाँकी रहेको भन्दै समय भए बुधबारै नत्र बिहीबार सम्म सुचिकरण हुने उनले जानकारी दिए ।
नाडेपले चार लाख ८० हजार कित्ता अर्थात ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गरेको थियो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












