लाज छोप्न सरकारलाई चटारो, व्यस्त सडक सर्वसाधारणलाई सास्ती दिदै दिउँसै पिच
काठमाडाैं ८,भदाै । बौद्ध–जोरपाटी सडकले यस वर्ष निकै चर्चा पायो । बर्खा लागेसँगै आहाल बनेको सडकका बेहाल तस्बिरले सामाजिक सञ्जालका भित्ता मात्रै रंगिएनन्, राष्ट्रिय सञ्चारमाध्यममा हेडलाइन समाचार बन्यो ।
चार वर्षदेखि हिउँदमा धुलो र बर्खामा हिलोको मार खेपेका स्थानीयले विभिन्न प्रतीकात्मक विरोध गरे । तैपनि जनताको पीडाले सरकारलाई घोचेन ।
तर, केही दिनयता सरकारलाई छटपटी भयो । रातदिन गरेर भए पनि बौद्ध–जोरपाटी सडक टिलिक्क पार्नैपर्ने भयो । चार वर्षदेखि सुस्त सरकार एकाएक जाग्यो । दुई हप्तामै सडक पिच गरिदिने अवस्थामा पुग्यो ।
हिले स्थानीय जनता सरकारको काम देखेर चकित छन् । ‘बौद्ध–जोरपाटी सडक पिच सक्न १२ भदौसम्म लाग्दैन,’ दुई साताअघि मात्र उक्त सडक १२ भदौभित्र निर्माण सक्न निर्देशन दिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ भन्छन्, ‘भोलि नै गएर हेर्नुस्, त्यो सडकमा धुलो र हिलो पाउनुहुन्न ।’
हो, सरकार अहिले काठमाडौं रंग्याउन व्यस्त छ । बौद्ध–जोरपाटी सडक मात्रै होइन, आजकाल काठमाडौंका मुख्य सडकमा खाल्डा देखिनु हुन्न, सडक विभागले टाल्न निर्देशन दिइहाल्छ ।
काममा पहिलेजस्तो ढिलासुस्ती पनि हुन्न, दिउँसै गाडी जाम गराएर भए नि पिच भइहाल्छ । कारण हो, बिमस्टेक शिखर सम्मेलन । १४ र १५ भदौमा हुने बिमस्टेकमा भाग लिन सदस्यराष्ट्रका प्रतिनिधि १२ भदौबाटै काठमाडौं आउन थाल्नेछन् । त्यसैले काठमाडौं रंग्याउन सरकारलाई चटारो छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












