वानेश्वर र कोटेश्वरमा ‘अण्डरपास वे’ डिजाइनका लागि ग्लोबल टेण्डर आब्हान
काठमाडौं ८,भदाैं । चीन सरकारको सहयोगमा कलंकी चोकमा निर्माण भएको जस्तै ‘अण्डरपास वे’ उपत्यकाका अन्य दुर्इ स्थानमा बनाइने भएको छ।वानेश्वर र कोटेश्वरमा अण्डरपास वे बनाउने प्रकृया अघि बढेको छ।
विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ।डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भैरहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।उनका अनुसार छनौंट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्ने छ।
त्यसपछि निर्माणको प्रक्रिया नै अघि बढाउने विभागको तयारी छ।निर्माण थालेको तीन बर्षमा गाडी कुदाउनका लागि तयार पार्ने योजना छ।एउटा अण्डरपास बनाउनका लागि १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।त्यसै गरि महाराजगंज चोकमा भने चक्रपथ विस्तारकै क्रममा चीन सरकार आफैले अण्डरपास बनाउनेछ।
पाँच स्थानमा ‘ओभरहेड ब्रिज’
सडक विभागले उपत्यकाका विभिन्न स्थानमा ‘ओभरहेड व्रिज’ बनाउने भएको छ।
उपत्यकाको बानेश्वर,थापाथली,कालिमाटी,जावलाखेल,कोटेश्वर लगायतका स्थानमा ‘ओभरहेड व्रिज’ बनाउन लागिएको विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए।उनका अनुसार कोटेश्वर र बानेश्वरमा बन्ने व्रिजको डिजाइनको काम भइरहेको छ।दुबै स्थानमा चालु आर्थिक वर्षभित्रबाटै व्रिज बन्ने उनले बताए।
विभागका अनुसार उपत्यकाका करिव ४० स्थानमा ‘ओभरहेड व्रिज’ बनाउनका लागि विभागमा निवेदन परेको थियो।ती निवेदन परेका मध्येबाट अत्यन्त धेरै पैदल यात्रुको चाप भएका र अत्यावश्यक ठाउँहरुमा ‘ओभरहेड व्रिज’ बनाउन लागिएको विभागले जनाएको छ।डिजाइन तयार भएपछि मात्रै लागत थाहा हुने विभागले जनायो।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












