जिन्दगिको पहिलो कमाईमै, यी ९ उपाया फलो गरे कहिलै गरीब भइन्न !
काठमाण्डौ८,भदाै । जब तपाईले जीवनमा पैसा कमाउन थाल्नुहुन्छ, त्यसबेलादेखि नै आर्थिक अनुशासन पालना गर्नुभएन भने तपाईले जीवनभर जति कमाए पनि बचाउन सक्नुहुन्न । बचत गर्न नसकेपछि तपाईले उर्जावान समयमा कमाएको पैसाले भविष्यमा काम गर्न सक्दैन ।
यहीकारण हामीले आज पैसा कमाउन थालेका युवाहरुका लागि आम्दानी हुन थालेको सुरुवाती दिनहरुदेखि नै अपनाउनुपर्ने सावधानीको बिषयमा बताउन गइरहेका छौ ।
बैंक अकाउण्टमा नजर
तपाईको कारोबार सुरुवात बैंक अकाउण्टबाट गर्नुहोस् । एउटा मुख्य खाता तलबबाट हुने आम्दानीका लागि खोल्नुहोस्, जसको उपयोगले तपाईको फाइनान्सियल स्टाटस तयार गर्न सहज होस् । यसलाई बैंक खाताको रुपमा मात्र होइन, आफ्नो फाइनान्सियल लाइफको रेकर्डको रुपमा हेर्नुहोस् ।
आफ्नो स्टेटमेन्ट र त्यहाँ भइरहेको अपडेटहरुमा सधैं नजर राख्नुहोस् ।
आम्दानी र खर्चमा सन्तुलन
आफ्नो खर्चलाई आफ्नो आम्दानीको प्रतिशतको हिसाबले हेर्नुपर्छ । आदर्श अवस्थामा तपाईको कुल आम्दानीको ६० प्रतिशतभन्दा बढी खर्च हुनुहुँदैन । यो प्रतिशत जति कम हुन्छ, त्यति बचत र खर्चको मामलामा तपाईलाई सहुलियत प्राप्त हुन्छ । बाँकी प्रतिशत आम्दानीलाई बचतको रुपमा राख्ने बानी बसाल्नुपर्छ । यो प्रतिशतबाट कहिलेकाही सौख पूरा गर्ने खर्चको समेत जोहो गर्न सकिन्छ । यदि कुनै हप्ताको अन्ततिर तपाईलाई आफ्ना साथीभाईसँग मिठो खाना खान मन लाग्यो भने त्यसलाई पनि आफ्नो आम्दानीको प्रतिशतको रुपमै गणना गर्नुपर्छ । यसको गणना त्यतिबेला तपाईले राम्रो ढंगले गर्न सक्नुहुन्छ, जब यो धेरै बढी हुन्छ वा अफोर्डेबल हुन्छ ।
उधारोबाट बच्नुहोस्
कमाई र खर्चको मामलामा एक सुविधाजनक लेभलसम्म पुग्न तथा अघिल्लो तलब आउनेसम्म आफ्नो बैंक अकाउण्टमा पोजिटिभ ब्यालेन्स देखिएसम्म उधारो लिनबाट बच्नुहोस् । यदि तपाईले यो अवस्थामा बैंक क्रेडिट कार्ड लिनुहुन्छ भने पनि आफ्नो ब्यालेन्समा धेरै असर नपुग्ने गरी मात्र यसको प्रयोग गर्नुपर्छ ।
क्रेडिट हिस्ट्री राम्रो बनाउनुहोस्
आफ्नो क्रेडिट हिस्ट्रीलाई निकै राम्रो बनाइराख्न जरुरी हुन्छ । यदि तपाईले शैक्षिक लोन लिनुभएको छ भने त्यसलाई भाकाअघि नै चुकाउने कोशिश गर्नुहोस् । यदि यसमा तपाईलाई मुश्किल हुन्छ भने अभिभावक वा साथीभाईको मद्धत लिनुहोस् अथवा आफ्नो बैंकसँग लोनको शर्तमा केही परिवर्तनका लागि अनुरोध गर्नुहोस् । शैक्षिक लोनमा डिफल्ट गरे केही फरक पर्दैन भन्ने सोंचेर कहिल्यै अगाडि नबढ्नुहोस् । हरेक लोनको एक ट्रयाक रेकर्ड हुन्छ र तपाईको खराब क्रेडिट स्कोर आगामी दिनमा पुनः लोन लिने कुरामा बाधक बन्न सक्छ ।
पहिला बचत अनि मात्र खर्च
बचतलाई प्राथमिकता दिनुहोस् । खर्च भइसकेपछि उभ्रिएको रकम मात्र बचत गर्छु भन्ने सोच्नुहुन्छ यो भने गलत सोंच हो । थोरै पैसा नै किन नहोस्, सुरुवात गर्न नचुक्नुहोस् । तपाईले एउटा बैंक अकाउण्ट खोलेर निश्चित रकम हरेक महिना त्यहाँ हाल्न सक्नुहुन्छ । बचतपछि बचेको रकम मात्र खर्च गर्ने बानी बसाल्नुहोस् ।
आपतकालीन फण्ड
अचानक आउनसक्ने आवश्यकता वा आपतका लागि एउटा फण्ड बनाउने गर्नुहोस् । युवाहरुका लागि यो फण्ड बनाउन मुश्किल पनि पर्नसक्छ । यसका लागि कुनै बैंकको मुद्धतीमा केही रकम राख्नुहोस् । अति जरुरी भयो भने त्यहीबाट लोन लिनुहोस् र पछि लोन चुकाएर फेरि आफ्नो एफडीलाई सुरक्षित गर्नुहोस् ।
ठूलो भुक्तानीबाट बच्नुहोस्
बचतको बानी बसाल्ने नाममा ठूला भुक्तानी गर्नबाट बच्नुहोस् । घरका लागि इएमआई वा कुनै बिमा कम्पनीका लागि प्रिमियममा ठूलो भुक्तानी गर्नु यस्तै गल्ती मध्येको एक हो । करिअरमा सेटल हुनका लागि समय लाग्छ । कतिपय मानिस सुरुवातका वर्षहरुमै बारम्बार जागिर परिवर्तन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा इएमआईको ठूलो बोझले बित्तीय समस्या निम्तिन सक्छ । इन्स्योेरेन्समा ठूलो रकम नफसाउनुहोस् । पछि तपाईलाई थाहा हुनसक्छ कि तपाईले तिर्ने प्रिमियम धान्नै नसक्ने खालको रहेछ । यस्तो बानीले तपाईको हातमा कम रकमको बचत हुनसक्छ ।
सर्टकर्टको चक्करमा नपर्नुहोस्
छोटो समयमै पैसा कमाउने वा बढाउने कुनै पनि चक्करमा पर्नबाट बच्नुहोस् । कसैको लहै लहैमा लागेर छिटो पैसा कमाइन्छ भन्ने ध्येयले खराब कम्पनीको सेयरमा लगानी गर्ने गल्ती पनि गर्नुहुन्न ।
आम्दानीको वृद्धिदरमा फोकस बन्नुहोस्
तपाई आफ्नो आम्दानीको वृद्धिदरमा सधैं फोकस बन्ने गर्नुहोस् । तपाईको जागिर यस्तो हुनुपर्छ, जहाँ तपाईको योगदानलाई सम्मान प्राप्त होस् र तपाईलाई उचित रिवार्ड मिलोस् । केही कमी भयो भने सबैभन्दा पहिला आफैंलाई राम्रो बनाउने कार्यमा लगानी गर्नुहोस् । तपाईको आम्दानीले नै तपाईको बित्तीय जीवन हराभरा बनाइदिन्छ । आफ्नो नियमित आम्दानीमा आँच आउन नदिनुहोस्
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












