नेपालीको लगानीमा न्यूयोर्कमा बैंक स्थापना
न्यूयोर्क (अमेरिका) । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकले त्यहाँको सरकारबाट अनुमति पाएको छ ।
‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो ।
बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य राखेको छ ।
अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ । संस्थाको प्रवद्र्धनका लागि आगामी अगष्ट २५ तारिख न्युयोर्कको ज्याक्सन हाइटमा समुदायलक्षित एक भब्य उद्घाटन समारोह आयोजना गरिनेछ । उद्घाटन समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधि, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने छ ।
सो युनियनका संस्थापक सदस्यहरुले तीन वर्षदेखि जटिल कानूनी प्रक्रिया पूरा गरी सञ्चालनको अनुमति पाएका हुन् । आवश्यक कागजात, सर्वेक्षण, ब्यापार योजना, वित्तीय योजना, बजार योजना, संस्था सञ्चालनको बिधान र नीति नियमका विषयमा फेडरल ब्युरो अफ इन्भेटिगेसन(एफबीआइ)सँग बिभिन्न चरणको छलफलपछि क्रेडिट युनियन सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
लाखौं डलर खर्चका साथै स्वयमसेवीहरुको अथक प्रयासपछि नेपाली समुदायले अमेरिकाको क्रेडिट युनियनहरुको सर्वोच्च निकाय संघीय सरकारअन्र्तगत रहेको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)संग सम्झौतापत्रमा हस्ताक्षर गरी बैधानिकता प्राप्त गरेको हो । यो संस्थालाई प्रारम्भिक रुपमा दर्ता प्रक्रियामा लान गैरआवासीय नेपाली संघ, अमेरिका (एनआरएनए) ले स्पोन्सर गरेको छ ।
संस्थाका अध्यक्ष डिल्लीराज भट्ट, बोर्डमेम्बरहरु अञ्जन श्रेष्ठ, राजन कर्माचार्य, बिजय पौडेल, जीबन बम, बिराज रिजाल, रामसी पोख्रेल रहेका छन् । यस्तै अनुगमन समितिमा डा.सुख गुरुङ, डा. केशब पौडेल र क्रेडिट कमिटिमा मोहन गिरी र नबराज केसी रहेका छन् ।
डाइरेक्टर, सुपरभाइजर कमिटी, क्रेडिट कमिटीले न्यूयोर्कस्थित व्यापारिक केन्द्र ‘वालस्ट्रिट’ नजिक रहेको म्युनिसिपल क्रेडिट युनियनको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । वालस्ट्रिटलाई संसारकै आर्थिक–व्यापारिक केन्द्रका रुपमा चिन्ने गरिन्छ ।
अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ । समुदायको आर्थिक हित र प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवम् कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।
अमेरिकी सरकारले यस्ता सामुदायिक बंैकहरुलाई कर छुट दिने भएकाले अन्य बैंकका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउनेछ । साथै, बचतमा बैंकको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । क्रेडिट युनियनका सदस्यहरु नै यसका मालिक हुने भएकाले यसमा खाता खोल्ने सबै यसका मालिक हुनेछन् ।
संस्था सञ्चालनलगत्तै अब नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउण्ट, सेभिङ एकाउण्ट, रिटायरमेन्ट एकाउण्ट, विशेष मुनाफा वितरण हुने बिशेष एकाउण्ट, डेबिट कार्ड, सवारीसाधन ऋण, व्यक्तिगत सुरक्षा र असुरक्षा ऋणजस्ता सुविधा पाउनेछन् ।
साथै, संस्थाले क्रेडिट कार्ड, विद्यार्थी ऋण, साना ब्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य वैंकिङ सुविधाहरु पनि संचालनमा ल्याउने लक्ष्य राखिएको छ । क्रेडिट युनियनको सदस्यहरुले मात्र यी सबै सुविधा प्राप्त गर्नेछन् ।
अमेरिकाभर बसोवास गर्ने नेपाली समुदायभित्रका सबैलाई संस्थामा सदस्य र बचतकर्ता बनाएर सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ । त्यसअनुसार सबै राज्यमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार बचतकर्ता संख्या पुर्याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको संचालकले बताएका छन् ।
हालसम्म क्रेडिट युनियनले न्यूयोर्क, ज्याक्सन हाइट्सस्थित सम्पर्क कार्यालयबाट दर्ता प्रक्रियाको काम गर्दै आएको छ । न्यूयोर्कबाट पहिलो बैंकिङ कारोबार शुरु गर्ने क्रेडिट युनियनले नेपालीभाषीको घनाबस्ती रहेको राज्यहरु टेक्सास, क्यालिफोर्निया, डिसी भर्जिनिया, मेरिल्याण्ड, म्यासच्युसेट, प्mलोरिडा, जोर्जिया, वासिङ्टन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागो लगायतका राज्यमा शाखा विस्तार गर्ने जनाएको छ ।
संस्थाले नयाँ सदस्यका लागि आवेदन समेत खुल्ला गरेको छ । आफ्नै क्रेडिट युनियन भएपछि अमेरिकाभरि बसोवास गर्ने नेपालीभाषीहरुलाई अब आर्थिक कारोबार गर्न सहज हुने संचालकको अपेक्षा छ । आफ्नै भाषामा पनि कुराकानी गरेर बचत एवम् कर्जा लिने अवसर यहाँ रहेका नेपालीहरुले प्राप्त गर्नेछन् ।
संस्थामा अध्यक्ष सहित ७ जना बोर्डअफ डाइरेक्टर, ३ जना सुपरभाइजर कमिटी र ३ जना क्रेडिट कमिटी सदस्यहरुलाई प्रारम्भिक चरणको बोर्डमा नियुक्त गरेको छ । रिक्त रहेका ७० प्रतिशत बोर्डलगायत अरु कमिटीमा उपयुक्त व्यक्तिहरुलाई नियुक्ती गर्ने प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । यसरी नियुक्त भएका पदाधिकारीको पदावधि नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनले तीन वर्षका लागि बोर्डमा नियुक्त गर्ने छ।
अमेरिकामा क्रेडिट युनियनलाई सामुदायिक बैंकका रुपमा हेर्ने गरिन्छ । अमेरिकामा क्रेडिट युनियनले बैंकसरह बचत र ऋण प्रवाह गर्न पाउछन् । प्रत्येक बचतकर्ताको २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआईसी) ले जस्तै एनसीयूएले हरेक खाताको बीमा गरेको हुन्छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












