नेपाली सुरक्षाकर्मीको साख विश्वमा अब्बल,नेपालमै किन निर्बल !
काठमाडाै ११,भदाै । नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् ।
गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएको थियो ।
तर नेपालमा आयोजना हुने कतिपय अन्तर्राष्ट्रियस्तरका सभा÷सम्मेलन र उच्चस्तरीय जमघटमा नेपाली सुरक्षाकर्मीलाई विश्वास नगरेका उदाहरण पनि दोहोरिन थालेका छन् ।
नेपाल भ्रमणका क्रममा आफ्नै मुलुकबाट सुरक्षाकर्मी र सवारी ल्याउने परम्पराजस्तै बन्न थालेको छ ।
आसन्न बिमस्टेक सम्मेलन होस् या ४ वर्षअघिको सार्क सम्मेलन अनि त्यस अघिपछि भारतीय राष्ट्रपति र प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा भारतले आफ्ना मुलुकका सुरक्षाकर्मीको टुकडी नै खटाउने गर्छ । यही साता शुरु हुने बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लक्षित गर्दै गत शुक्रबार भारतबाट दर्जन हाराहारीमा ‘स्पेसल ब्लाक कमान्डो फोर्स’ काठमाडौं आएर सुरक्षा अनुगमन (रेकी) शुरु गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावासमा रहेको यो फोर्सले आफ्नै शैली र नेपाली सुरक्षा निकायसँगको समन्वयमा पनि रेकी शुरु गरेको नेपाल प्रहरी स्रोतले जानकारी दियो,
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











