अपराध संहिताबिरुद्ध सडकमा उत्रिए चिकित्सक (फोटो फिचर)
काठमाडाैँ १७,भदाै । अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आइतबार सडकमा उत्रिएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघरबाट सुरु भएको चिकित्सकहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
सरकारले निजी मेडिकल संस्था बन्द गराउने मनसायले नयाँ मुलुकी ऐनमा कडा व्यवस्था गरेको सुनील शर्मा लगायतका वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै नागरिक अभियन्ता डा. गोविन्द केसीले नयाँ मुलुकी संहितालाई बिरामीमारा कालो सुचिको संज्ञा दिए ।
बिरामीको उपचार गर्दा लापरवाही गर्ने चिकित्सकलाई जेल हाल्ने मुलुकी अपराध संहिताको प्रावधानविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तर, उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठनको चिकित्सकहरुले माग गरेका छन् ।
‘चिकित्सकको लापरवाही र हेलचेक्र्याइँ हो वा होइन भन्ने अध्ययनका लागि छुट्टै विशेषज्ञसहितको टोली हुनुपर्छ’ कोणसभाका वक्ता डा. हरिहर वस्तीले भने, ‘म चुनौतीका साथ भन्छु, चिकित्सकको भुल प्रहरीले कुनै हालतमा पत्ता लगाउन सक्दैन । त्यसकारण त्यो संयन्त्रमा मेडिकल बुझेको मान्छे हुनुपर्छ ।’
आफुहरु कुनै राजनीतिक आस्थाका आधारमा नभई स्वास्थ्यकर्मीको विरुद्धमा रहेको मुलुकी अपराध संहिताका कारण आम जनतालाई पर्ने असरबारे आवाज बुलन्द गर्न आन्दोलनमा उत्रनु परेको चिकित्सकहरुले बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











