नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा जागिर खुल्यो !
उक्त पदमा २०० जनाको दरखास्त आह्वान गरिएको छ। पछिल्ला केही वर्ष सेनाले १२० जनाको दरखास्त आह्वान गरिरहेको थियो।
अधिकृत पदको धेरै नै आवश्यकता रहेकाले यसपालि संख्या बढाइएको जंगी अड्डाले जनाएको छ। ‘दुई चार वर्षको तुलनामा यो पटक बढी संख्या माग गरिएको हो, अधिकृतको बढी नै चाहिएको छ,’ सैनिक प्रवक्ता गोकुल भण्डारीले भने।
सेनाले खुल्लातर्फ ११०, आदिवासी/जनजाति २९, मधेसी २५, महिला १८, दलित १४ र पिछडिएको वर्गबाट ४ जनाको दरखास्त मागेको छ। दरखास्तको मिति भदौ २१ देखि असोज १९ गतेसम्म छ। दोब्बर शुल्क बुझाई असोज २० देखि २६ गतेसम्म दरखास्ता बुझाउन सकिने सेनाले जनाएको छ।
भर्ना छनोट निर्देशनालय, जंगी अड्डा, पूर्वी पृतना इटहरी, मध्यपूर्वी पृतना धनुषा, मध्य पृतना हेटौंडा, पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना रुपन्देही, उत्तरपश्चिम पृतना सुर्खेत र सुदूरपश्चिम पृतना दीपायलमा भर्ना केन्द्र तोकिएको छ। सो पदको लागि प्रमाणपत्र तह वा सो सरह, स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने छ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












