नारायणगण्ढ–मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
काठमाडाैँ २६,भदाै । विभिन्न स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । प्रहरीले सडक खुल्न समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।
सडक खण्डको जलवीरे, चारकिलोलगायत स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सडक खण्डका दुवैतर्फका गाडी लामो जाममा फसेका छन् । तीजको दरखाने दिन भएकाले दर खान माइत हिँडेका चेलीबेटी यसको चर्को मारमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख वेदप्रसाद गौतमले चारकिलोमा पहाड नै खसेकाले अवरोध हटाएर सञ्चालन गर्न समय लाग्ने जानकारी दिए । ‘सडकखण्डको विभिन्न स्थानमा पहिरो खसे पनि चारकिलोमा पहाडै खसेको छ’, गौतमले भने, ‘पहिरो हटाउन सजिलो नभएकाले सडक खुल्न केही समय लाग्न सक्छ ।’
रातिदेखि नै चितवन र वरपरका सडकमा वर्षा भइरहेकाले अवरोध हटाउन नसकिएको उनको भनाइ छ । पानी केही कम भएपछि सडक खुलाउने काम थाल्ने जानकारी गौतमले दिए ।
प्रहरीले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न यात्रु र सवारी साधनलाई अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...