वीरगञ्जका मेयरले काममा अनावश्यक दबाव दिएको भन्दै दिए पार्टीबाट राजीनामा
वीरगञ्ज २९,भदाै । महानगरपालिकाको काममा भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् ।
व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए । तर, पार्टीले अनावश्यक दबाव दिएको भन्दै उनले पार्टी छाड्ने खोजेका हुन् ।
मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।
फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँछन् ।
बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।
नगर अध्यक्ष ईश्वर यादवले कार्यव्यस्तताको कारण नगर प्रमुखले ध्यानाकर्षण पत्र बुझ्न समय दिन नसकेको बताए । ‘मधेस आन्दोलनको भावना र जन चाहना अनुसार महानगरको विकास हुनुपर्छ भन्ने नगरसमितिको ठहर छ । त्यसैले नगर प्रमुखलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेका थियौं’ यादवले अनलाइनखबरसँग भने ‘नगर प्रमुखले व्यस्तताका कारण समय दिन सक्नुभएन । समय दिएपछि लगेर बुझाउँछौं ।’
पार्टीको आन्तरिक निर्णय भएकोले पाँचबुँदे पत्रमा केके छ भन्दै सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
स्रोतका अनुसार कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागीता लगायतका विषयमा जिल्ला नेतृत्वले भनेको मेयरले नमानेको नेताहरु बताउँछन् ।
नगर प्रमुख सरावगीले पार्टीले निर्णय नगरेसम्म राजीनाबारे केही नबोल्ने प्रतिक्रिया दिए । ‘केहि कुरा चित्त बुझेको छैन । पार्टीमा आन्तरिक रुपमा कुरा राखेको छु’ उनले भने, ‘पार्टी नेतृत्वले जे निर्णय गर्नुहुन्छ, त्यसलाई स्वीकार्न तयार छुु ।’
अनावश्यक कुरामा पार्टीले दबाव दिएको भन्दै उनले दबावमा बसेर काम गर्न नसक्ने बताए । ‘पार्टीबाट नगर प्रमुख भएपनि मेरो काँधमा सम्पूर्ण नगरबासीको जिम्मेवारी छ । वीरगञ्जका जनतालाई न्याय दिनुछ’ नगर प्रमुख सरावगीले भने ‘ऐन कानुनको अभाव, प्रक्रियागत समस्या र महानगरमा रहेका विकृतिहरुले गर्दा काम गर्न समस्या भइरहेको छ । स्रोत साधनको अभाव छ र तर पनि व्यापार व्यवसाय छोडेर म नगरबासीको हितमा काम गर्न प्रयासरत छु । यस्तोमा पार्टीबाट अनावश्यक दबाव आउँदा दुःख लाग्छ ।’
विगतमा मधेस आन्दोलनको केन्द्र बनेको वीरगञ्जको विकास गर्ने दायित्व आफ्नो काँधमा आएको भन्दै मेयर सरावगीले आफू त्यसमा लागिरहेको बताएका छन् ।
संघिय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष एवं सांसद प्रदीप यादवले भने राजीनामाको हल्ला आफूले पनि सुनेको तर, आधिकारिक जानकारी नआएको बताए ।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












