वीरगञ्जका मेयरले काममा अनावश्यक दबाव दिएको भन्दै दिए पार्टीबाट राजीनामा
वीरगञ्ज २९,भदाै । महानगरपालिकाको काममा भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् ।
व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए । तर, पार्टीले अनावश्यक दबाव दिएको भन्दै उनले पार्टी छाड्ने खोजेका हुन् ।
मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।
फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँछन् ।
बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।
नगर अध्यक्ष ईश्वर यादवले कार्यव्यस्तताको कारण नगर प्रमुखले ध्यानाकर्षण पत्र बुझ्न समय दिन नसकेको बताए । ‘मधेस आन्दोलनको भावना र जन चाहना अनुसार महानगरको विकास हुनुपर्छ भन्ने नगरसमितिको ठहर छ । त्यसैले नगर प्रमुखलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेका थियौं’ यादवले अनलाइनखबरसँग भने ‘नगर प्रमुखले व्यस्तताका कारण समय दिन सक्नुभएन । समय दिएपछि लगेर बुझाउँछौं ।’
पार्टीको आन्तरिक निर्णय भएकोले पाँचबुँदे पत्रमा केके छ भन्दै सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
स्रोतका अनुसार कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागीता लगायतका विषयमा जिल्ला नेतृत्वले भनेको मेयरले नमानेको नेताहरु बताउँछन् ।
नगर प्रमुख सरावगीले पार्टीले निर्णय नगरेसम्म राजीनाबारे केही नबोल्ने प्रतिक्रिया दिए । ‘केहि कुरा चित्त बुझेको छैन । पार्टीमा आन्तरिक रुपमा कुरा राखेको छु’ उनले भने, ‘पार्टी नेतृत्वले जे निर्णय गर्नुहुन्छ, त्यसलाई स्वीकार्न तयार छुु ।’
अनावश्यक कुरामा पार्टीले दबाव दिएको भन्दै उनले दबावमा बसेर काम गर्न नसक्ने बताए । ‘पार्टीबाट नगर प्रमुख भएपनि मेरो काँधमा सम्पूर्ण नगरबासीको जिम्मेवारी छ । वीरगञ्जका जनतालाई न्याय दिनुछ’ नगर प्रमुख सरावगीले भने ‘ऐन कानुनको अभाव, प्रक्रियागत समस्या र महानगरमा रहेका विकृतिहरुले गर्दा काम गर्न समस्या भइरहेको छ । स्रोत साधनको अभाव छ र तर पनि व्यापार व्यवसाय छोडेर म नगरबासीको हितमा काम गर्न प्रयासरत छु । यस्तोमा पार्टीबाट अनावश्यक दबाव आउँदा दुःख लाग्छ ।’
विगतमा मधेस आन्दोलनको केन्द्र बनेको वीरगञ्जको विकास गर्ने दायित्व आफ्नो काँधमा आएको भन्दै मेयर सरावगीले आफू त्यसमा लागिरहेको बताएका छन् ।
संघिय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष एवं सांसद प्रदीप यादवले भने राजीनामाको हल्ला आफूले पनि सुनेको तर, आधिकारिक जानकारी नआएको बताए ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...












