चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौं १ ,असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।
सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।
समितिले छनोटमा परेका ६ जनाको आइतबार कार्यपत्र प्रस्तुति सुनेको थियो । छनोट समिमतिले सिफारिस गरेका तीनमध्ये एक नम्बरमा डा. डिएन शाह, दोस्रोमा डा.ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा अजित रायमाझी छन् ।
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवको नेतृत्वको सिफारिस समितिले उपकुलपतिमा सिफारिस गरेका तीनमध्ये डा. डिएन शाह यादव निकट मानिन्छन् । यादवले उनलाई उपकुलपति बनाउन चाहेका छन् ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसँग यादवको छलफलपछि न्याम्सका अन्य पदाधिकारीको पनि भागबण्डा हुनेछ । न्याम्समा उपकुलपति सहित रजिष्टार रेक्टर पद पनि खाली भएको छ ।
तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्द्र यादव, प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् । उपकुलपतिको नियुक्ति सोही सिफारिस अनुसार प्रधानमन्त्री तथा कुलपति ओलीले गर्नेछन् ।
यसैबीच न्याम्सका प्राध्यापक तथा विद्यार्थीहरुले न्याम्स सेवा बाहिरको व्यक्तिलाई उपकुलपति नमान्ने भन्दै सिफारिसप्रति विरोध जनाएका छन् । सिफारिस भएकामध्ये डा. पौडेलमात्र न्याम्समा कार्यरत छन् ।
तर वीरका प्रतिष्ठान सेवाका चिकित्सक, कर्मचारीहरू भने तटस्थ छन् । उनीहरुले वीर भित्रकै कर्मचारीहरू पदाधिकारी हुँदा प्रतिष्ठानको स्वायत्तता नभएको तथा कर्मचारी व्यवस्थापन र ट्रमा सेन्टरसमेत नियम अनुसार सञ्चालन नगरेको भन्दै अस्पताल बाहिर वा सेवा अवकाश प्राप्त चिकित्सकबाट उपकलुपति नियुक्ति हुनुपर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












