डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्षको दशैं महँगिने
काठमाडौं २,असोज । डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्षको दशैं महँगिने भएको छ।व्यवसायीका अनुसार यो दशैंमा तयारी पोशाक,जुत्ता/चप्पल र विद्युतीय उपकरणको भाउ २० प्रतिशत महँगो हुनेछ।
खाद्यान्नमा समेत नेपाल विदेश निर्भर रहेकाले केही महँगिनेछ।नेपाल सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले डलर र भन्सार मूल्यांकन वृद्धिले चीनबाट आउने सामानको मूल्य बढेको बताए।‘चीनबाट आउने सामानको मूल्य बढेर आएको छ। गत वर्ष भन्दा सबै सामानको मूल्य २० प्रतिशत भन्दा बढेको छ ।
नेपाल चेम्बर अफ कमर्शका कोषाध्यक्ष निरज रार्इले चीनबाट आउने सामान महँगो भएकाले यो वर्षको दशैंमा उपभोक्तालार्इ अतिरिक्त भार पर्ने बताए।उनका अनुसार पहिरोका कारण केरुङबाट आउने सामान करिब एक महिना बन्द भयो।‘केरुङमा दशैंका लागि आएका दुर्इ हजार भन्दा बढी कन्टेर सामान छन्। अहिले ट्रक तथा कन्टेनर व्यवसायीले समेत भाडा महँगो बनाएकाले सामानको मूल्य थप बढ्ने देखिएको छ’उनले भने। अहिले केरुङदेखि काठमाडौंसम्म एक कन्टेनर सामान ल्याउँदा दुर्इ लाख रुपैयाँको हाराहारीमा लिन थालेका छन्।
डलरको भाउ
पछिल्लो समयमा नेपाली मुद्राको तुलनामा डलरको भाउ महँगो भएको छ।नेपाली मुद्रा कमजोर हुँदा विदेशबाट आयात हुने सामान महँगो हुनेछ।अहिले एक डलर किन्नका लागि १ सय १६ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ।अधिकांश सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले नेपाल आउने सबै सामान डलरका कारण महँगो भएको छ।
सडकमार्गको भार
भारत तथा चीनबाट आउने सामान स्थल मार्गबाट बढी आउँछ।नेपालतर्फ आउने सडकमार्गमा पहिरो लगायतका समस्याले पनि भाउ महँगो पर्ने गरेको छ।
तेस्रो मुलुकबाट आउने सामान भारतसम्म जलमार्गहुँदै आउँछ।भारतबाट ट्रक कन्टेनर र कार्गो रेलमार्फत वीरगंजमा आउने गर्छ।चीनको केही भारतहुँदै नेपाल आउँछ भने धेरै सामान केरुङबाट आउँछ।केरुङबाट नेपाल आउने सडकमार्ग विभिन्न कारणले अवरुद्ध हुँदा समेत समयमा सामान नआउने र ढुवानी भाडा महँगो पर्ने गरेको छ।
बैंकको व्याजदर
व्यवसायीले बैंक ऋणमार्फत व्यवसाय गरिरहेका हुन्छन्। पछिल्लो समयमा बैंक ब्याजदरनै महँगो भएकाले समेत विदेशबाट आयात भएका सामान महँगिने गरेको छ।
यस वर्ष बैंक तथा वित्तीय संस्थाको औसर आधार व्याजदर नै १२ प्रतिशत हाराहारी छ।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ओभर ड्राफ्टमा कडाइ गरेपछि व्यवसायीले सहकारीसम्म पुग्ने गरेका छन्।सहकारीबाट लिएको ऋण थप महँगो हुन्छ।
तेलको मूल्य वृद्धि
पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएपछि नेपाल आयल निगमले प्रत्येक १५/१५ दिनमा तेलको मूल्य बढाइरहेको छ।
सोमबार मात्रै पेट्रोल र डिजलको मूल्य २ रुपैयाँ र ३ रुपैयाँ बढायो।तेलको मूल्यवृद्धिले समेत आयातित सामान ढुवानी गर्दा महँगो भएको छ।
स्थानीय कर
स्थानीय र प्रदेश सरकारले स्रोत जुटाउन विभिन्न कर लगाएका छन्।त्यो करको भार पनि उपभोक्तालार्इनै पर्छ।
बाख्रादेखि अण्डासम्ममा कर लगाएकाले त्यसले समेत दशैं महँगो बनाउनेछ।व्यवसायीका अनुसार खसीबोकामा समेत कर लगाएका कारण यो दशैं महँगो पर्छ।
भारतबाट आयात हुने चौपायामा कर तथा विभिन्न मूल्याङ्कनले गर्दा खसीबोकाको मूल्य बढेको छ।व्यवसायीका अनुसार ढुवानी खर्च र विभिन्न करका बहानामा प्रति चौपाय ९ सय रुपैयाँ मूल्य बढेको छ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












