चितवन महानगरपालिको फोहरसँगै अस्पतालबाट निस्कने फोहर नारायणी नदीमा
चितवन २, असोज । अस्पतालबाट निस्किएको फोहर भरतपूर महानगरपालिकाले नारायणी नदी किनारमा फाल्ने गरेको छ । महानगरपालिको फोहरसँगै अस्पतालबाट निस्कने फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ ।
महानगरपालिका-३ को नगरवन छेउबाट नदी किनारामा फोहर फाल्ने गरिएको हो । यसअघि महानगरले फोहर थुपारेको स्थानबाट नै अहिले नारायणीको एक भंगालो बगिरहेको देख्न सकिन्छ । अहिले वर्षका कारण नदीको वल्लो भंगालो छेउमा लगेर दैनिक फोहर फाल्ने गरिएको छ ।
स्थानीयहरुका अनुसार यहाँ अस्पतालजन्य फोहरका रुपमा क्युरेट गरिएका अन्य कारणले मरेका बच्चादेखि सालनाल, काटिएका मानव अंग, धारिला ब्लेड, प्याड लगायतका सामाग्रीहरूसमेत नदी किनारमा फाल्ने गरिएको छ ।
क्यान्सर अस्पताल बाहेकका चितवनका मेडिकल कलेज, सरकारी अस्पताल र नीजि अस्पतालहरुले दैनिक एक टन अस्पतालजन्य फोहर उत्सर्जन गर्ने गरेका छन् । ती फोहरलाई पनि महानगरपालिकाले अन्य फोहर जस्तैं गरी नदी किनारमा फाल्ने गरेको छ । भरतपुर महानगरमा दैंनिक ६५ टन फोहर निस्कन्छ ।
महानगरले अन्यत्र फोहर फाल्ने स्थान नै नभएका कारण नदी किनारमा फोहर फाल्नु वाध्यता भएको जनाउँदै आएको छ ।
धार्मिक हिसावलेसमेत पवित्र मानिएको नारायणी नदीमा बाध्यता भन्दैं फोहर फाल्दैं आएको वर्षौ वित्यो । तर, भरपर्दो विकल्पमा महानगरपालिका जान सकेको छैन ।
बल्ल महानगरपालिकाले फोहर व्यवस्थापनका लागि भन्दैं एक कोरियन संस्थासँग गत बिहीबार गुरूयोजना बनाउने सम्झौता गरेको छ ।
सम्झौता अनुसार गुरूयोजना बन्न १५ महिना अझैं लाग्ने छ । गुरूयोजना आएपछि व्यवस्थापनको लागि प्लान्ट निर्माण गर्न न्यूनत्तम २ देखि ३ वर्ष लाग्ने छ । यसको अर्थ अझैं झण्डै ४ वर्ष जति महानगरपालिकाले नारायणी नदी किनारमा नै शहरको फोहर लगेर थुपार्ने छ ।
नारायणी नदी किनारका जंगल बन्यजन्तुहरु विचरण गर्ने गर्दछन् । यहाँ दुर्लभ मानिएको एक सिङे गैंडा आउने गर्दछ ।
वडा नः ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरले फोहर फाल्ने नगरवनको क्षेत्र वरपर गैंडा लगायतका जंगली जनावरहरू आउने गरेको बताए । ‘एकदिन त मेरो वडा कार्यालयमा नै आयो, यता डुलिरहन्छन्,’ वडाध्यक्ष पण्डितले भने, ‘पक्कै पनि महानगरले फालेको फोहरले ति जनावरहरुलाई असर गरेको छ ।’
भरतपुर महानगरको फोहर फाल्ने भन्दैं ल्याण्डफिल्ड साइट बनाउने चर्चा हुन थालेकै एक दशकभन्दा बढी भयो तर अझैंसम्म ठोस काम अघि बढेको देखिदैन ।
सरकारले भरतपुर महानगरपालिका वडा नः ११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दैं जग्गा दिने निर्णय २०६८ सालमा नै गरेको हो । भरतपुरमा ल्यान्डफिल साइट बनाउन महानगरले करीव १५ बिघा जमिन पाएको छ ।
वनको जग्गामा भएका रुखहरूको फडानी गरी ल्याण्डफिल्ड साइट बनाउनुपर्ने र त्यसको स्थानमा वनको जग्गा सट्टा भर्ना गर्नुपर्ने व्यवस्था छ ।
जग्गाको खोजीमा नै महानगरपालिका भौतारीयो । बल्लबल्ल माडीको अमिलियामा जग्गा खरिद गरेको तत्कालिन भरतपुर उपमहानगरपालिका जग्गा खरिदको विषयमा विवादमा फस्यो ।
जग्गा खरिदमा बिचौलिया घुसाएर लाखौं रकम हिनामिना गरेको आरोप तत्कालिन कार्यकारी अधिकृत नारायण सापकोटालाई लाग्यो । न त अमिलियामा वृक्षरोपणको काम नै भयो, न त ल्याण्डफिल साइटको गुरूयोजना नै बन्यो ।
अहिले महानगर र निजी क्षेत्रको तत्परतामा भरतपुरको फोहोर संकलन गर्ने र नदी किनारमा थुपार्ने काम हुन्छ । भरतपुर महानगरको फोहर महानगरपालिका र महानगरले ठेक्कामा लगाएको नीजि क्षेत्र मिलेर उठाउने गरेका छन् ।
महानगरको वडा नः १ देखि ५ सम्म र वडा नः ७ देखि १२ नम्बर वडासम्मको फोहर निजी क्षेत्रले संकलन गरी नदी किनारमा फाल्ने गरेको छ ।
वडा नः १ देखि ७ सम्म ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेण्ट र ८ देखि १२ सम्मको वेष्ट म्यानेजमेण्ट कम्पनीले फोहर उठाउँदै आएका छन् ।
वडा नः ६ नम्बर र १३ देखि २९ नम्बर वडासम्मको फोहोर महानगर आफैंले व्यवस्थापन गर्छ भनिएको छ । तर, वडा नः २७, २८ र २९ मा अहिलेसम्म महानगर फोहर उठाउन पुगेको छैन ।
महानगरले वडा नः १३ देखि २६ सम्मका वडामा पाक्षिक वा मासिक रूपमा नकुहिने फोहर उठाउने गर्दछ ।
महानगरले फोहर उठाउने तथा व्यवस्थापनका लागि बाषिर्क एक करोड १५ लाख जति रकम खर्च गर्दै आएको इन्जिनियर बिराट घिमिरेले बताए ।
निजी क्षेत्रले घर घरमा पुगेर फोहरको शुल्क लिन्छ । उसले महिनाको १७ लाख रुपैयाँसम्म जनतासँग उठाउँछ । यसको ३० प्रतिशत रकम टोल विकास संस्थाले पाउँछन् ।
निजी क्षेत्रकोे फोहर उठाउने कम्पनीले पैसा अपुग भयो भनेर महानगरपालिकासँग मासिक ५ लाख रुपैयाँ थप लिने गरेको छ । फोहोर ओसार्न नीजि क्षेत्रका १९ वटा साधन प्रयोग हुँदै आएका छन् ।
महानगरका ४ वटा ट्याक्टर छन् । भरपर्दो र स्थायी ल्यान्डफिल साइट नबन्दासम्म यसरी नै फोहर फाल्नुपर्ने बाध्यता महानगरपालिकाको रहेको वातावरण शाखाका इन्जिनियर बिराट घिमिरेले बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











