काठमाडौँ-तराई द्रुतमार्गः कोरियाली कम्पनीले डीपीआर बनाउने
काठमाडौं ४,असोज । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस-वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रूतमार्ग निर्माणका लागि चार महिना भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कम्पनी छनोट भएको नेपाली सेनाले जनाएको छ ।
द्रूतमार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथि योगेन्द्रबहादुर खाँणले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि दक्षिण कोरियाको सुसुङ कम्पनी छनोट भएको जानकारी दिए ।
छनोट भएको १५ दिनभित्र सरोकारवाला पक्ष र सम्बन्धित कम्पनीबीच सम्झौता भइसक्नुपर्ने प्रावधान सार्वजनिक खरिद ऐनमा छ । आजको गोरखापत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
सम्झौता भएको चार महिनाभित्र डिपीआर तयार भइसक्ने जानकारी समेत आयोजना प्रमुख खाँणले दिए । कोरियाली कम्पनीले करीब १० करोड १५ लाख रुपियाँको लागतमा डीपीआर तयार गर्नेछ।
Comments
अरु समाचार
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...












