यातायात मजदुरको आन्दोलनप्रति रमिते बन्दै सरकार
काठमाडौं ४, असोज। सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।
नयाँ मुलुकी संहितामा सजायँकाे कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।
कास्कीको पोखरामा कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । गाडी नपाउँदा यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । हरियो नम्बर प्लेटका पर्यटक बसहरु भने चलिरहेका छन् ।
दाङमा टिकट काउन्टर खुल्यो, तर चलानी भएन
दाङमा यायातात समितिको टिकट काउन्टर खुलेपनि यातायात व्यवसायीले चलानी काटेका छैनन् । अधिकांशले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्काएका छन् । गन्तव्यमा जान चाहने यात्रुहरु बसपार्क क्षेत्रमा अलपत्र परेका छन् ।
सधैं व्यस्त रहने पूर्वपश्चिम राजमार्ग अन्तर्गतको दाङ खण्ड सुनसान छ । यातायात मजदुरहरुले भालुबाङमा गाडीहरुलाई रोक्ने गरेको स्थानीय बताउँछन् ।
तर, प्रहरी प्रशासनले गाडी सञ्चालनमा कुनै पहल नगरेको पत्रकार दशरथ घिमिरेले बताए । ‘गाडी नचलेको तीन दिन भइसक्यो तर स्थानीय प्रशासनले अहिलेसम्म कसैसँग छलफल, वार्ता गरेर गाडी चलाउने पहल गरेको छैन,’ घिमिरेले भने ।
आन्दोलन जारी, अगुवा अज्ञात
कैलालीबाट पनि लामो तथा छोटा दुरीका सवारी साधन चलेका छैनन् । स्थानीय प्रशासनले गाडी चलाउने विषयमा पहल गरेको छैन । बसहरु बसपार्कमा पार्किङ गरेर राखिएको छ तर गाडी चालकहरु कोही पनि सम्पर्कमा छैनन् ।
बिहीबार बिहान सुदूरपश्चिम यातायात व्यवसायी संघले सरोकारवालालाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष ननिस्किएको अनलाइखबरकर्मी दीपक उपाध्यायले जानकारी दिए ।
बर्दिबासमा टेन्ट राखेर अवरोध
पूर्व क्षेत्रमा पनि सार्वजनिक गाडी नचलेको तीन दिन भइसकेको छ । चालकहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा टेन्ट गाडेर ठूला सवारी साधनहरुलाई रोक्ने गरेका छन् । धनुषाको जनकपुर क्षेत्रमा बसपार्कमा गाडीहरु थन्काइएका छन् ।
पूर्वी तराईलाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, बर्दिवास–औरही–जलेश्वर, जनकपुर–जलेश्वर सबै खण्डमा सार्वजनिक यातायातका साधन ठप्प छन् ।
विराटनगरमा भने चालकको आन्दोलनको प्रभाव खासै परेको छैन । विगतमा भन्दा कम सवारी चले पनि जनजीवन भने प्रभावित नभएको त्यहाँबाट अनलाइखबरकर्मी ध्रुव भट्टराईले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












