कम्पनी मोडलमा चलेका बसको टिकट बुकिङ खुला, समितिले खोलेन
काठमाडाैँ ५,असोज । कम्पनी मोडलमा सञ्चालन भएका सवारी साधनले दशैं अग्रिम बुकिङ टिकट खुला गरेका छन्। तर, विभिन्न नाममा चलेको यातायात समितिले भने अग्रिम बुकिङ टिकट खुलाएका छैनन्।
समितिमा सञ्चालन रहेको यातायात व्यवसाायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयसँगै चालकहरूको हडतालको विषयलाई लिएर अग्रिम बुकिङ टिकट खुला नगरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोर्कणप्रसाद उपाध्याले बताए।एकै पटकमा शत प्रतिशतनै बुकिङ टिकट खुला नभए पनि विस्तार २/३ दिन भित्र फुल फेजमा अग्रिम बुकिङ टिकट खुला हुने उनको भनाइ छ।
‘व्यावसायीको असहमतिको विषयमा अहिले प्रधानमन्त्री निवासमा छलफल सुरु हुँदै छ’, उनले भने, ‘छलफलमा सहमतिका साथ अग्रिम बुकिङ टिकट खुला हुन्छ।’
यसअघि सरकार र व्यावसायी बीच आजदेखि दशैं अग्रिम बुकिङ टिकट खुल्ला गर्ने विषयमा सहमति भएको थियो।
तर, व्यवसायी टिकट खुला गर्ने सहमतिपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै विरोध गरिरहेका छन्। बिहीबार बेलुका व्यवसायीले मूल्य वृद्धि फिर्ता नभएसम्म अग्रिम बुकिङ टिकट खुला नगर्ने निर्णय गरेका थिए।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












