अन्यत्र संक्रमण फैलिन नदिने गरी काम भइरहेको जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए । झाडापखालाका बिरामीलाई स्थानीय मदरसा र नजिकै रहेको स्वास्थ्य चौकीमा राखेर उपचार भइरहेको छ ।
जलेश्वर मुस्लिम बस्तीमा दुई सातादेखि फैलिएको झाडापलाखा अझै नियन्त्रणमा आएन
महोत्तरी ७, असोज। जलेश्वर नगरपालिका १२ नैन्हीस्थित मुस्लिम बस्तीमा दुई सातादेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन ।
झाडापखालाबाट २ सय जना भन्दा बढी प्रभावित भएका छन् । ५० भन्दा बढीलाई स्थानीय मदरसा र स्वास्थ्य चौकीमा राखेर उपचार गरिएको छ ।
झाडापखाला फैलिएको सूचना पाएलगतै जिल्ला स्वास्थ्य कार्यालय जलेश्वरले शिविर सञ्चालन गरे पनि अझै रोग नियन्त्रणमा आउन नसकेको जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए ।
मुस्लिम बस्तीका प्राय सबै घरधुरीमा झाडापखलाका बिरामी रहेका छन् । ‘बस्तीमा स्वास्थ्य शिविर राखेर उपचार गर्दै आएका छौं’ ठाकुरले भने ‘विरामीमा कमी हुन सकेको छैन ।’
बस्ती निकै फोहोर र सरसफाइमा ध्यान नदिएको कारण झाडापखलाको संक्रमण भएको स्वास्थ्यकर्मी ठाकुर बताउँछन् । प्रभावित हुनेहरुमा अधिकाश १५ बर्ष मुनिका बालबालिका र महिलाहरु रहेका छन् । बस्तीका गर्भवती, सुत्केरी महिलाहरु समेत झाडापखलाबाट बढी प्रभावित बनेका छन् ।
स्वास्थ्यकर्मीको टोलीले झडापखालाको कारण पत्ता लगाउन बिरामीको दिसाको र पानीको नमुना संकलन गरी लगेको छ । त्यसको रिपोर्ट आएपछि झाडापखालाको कारण खुल्ने निरीक्षक ठाकुरले बताए ।
झाडापखालाको संक्रमण सोही वडाको अर्को बस्तीमा समेत फैलिएको छ । झाडापखाला महामारी फैलिएपछि जलेश्वरको मुस्लिम बस्तीका बासिन्दा त्रसित बनेका छन् ।
झाडापखालाको कारण चार वषर्ीय बालिकाको समेत मृत्यु भइसकेको छ । जिल्ला अस्पताल जलेश्वरले स्वास्थ्य शिविर संगसंगै स्वास्थ्यकर्मी र खानेपानी तथा सरसफाइका सबै कामहरु आवश्यक रहेको जनाएको छ ।
ठाकुरका अनुसार घना बस्ती भएकोले रोग छिटो फैलिएको र रोकथाम असहज बनेको छ । धान खेतको प्रदुषित भुरा माछा खानाले महामारी फैलिएको हो ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











