दुईजना मात्रै कर्मचारीको भरमा गाउँपालिका सञ्चालन
बनेपा ८ ,काठमानडैाँ। असोज काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका दुईजना मात्रै कर्मचारीको भरमा सञ्चालन भइरहेको छ ।
जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई भएको हो । प्रदेश नं ३ अन्तर्गतको विकट सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेको छ । तर अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापामगरले पनि गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएको बताए । त्यस्तै हुनुपर्ने वडा सचिवसमेत नहुँदा गाउँपालिकाको प्रशासनिक काम तथा सेवाप्रवाहमा धेरै समस्या व्यहोर्नु परेको उनको भनाइ छ ।
“कर्मचारी पर्याप्त नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकिरहेका छैनौँ”, उनले भने, “जसका कारण यसक्षेत्रका सेवाग्राहीको गुनासो धेरै आइरहेको छ ।” गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दरबन्दीअनुसार कर्मचारी नहुुनु र वडामा वडा सचिव नहुँदा निकै समस्या खेपिरहनु परेको बताए ।
“दरबन्दीअनुसार कर्मचारी उपलब्ध गराउन र वडा सचिव पर्याप्त मात्रामा उपलब्ध गराउन भनेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक÷पटक निवेदन पेश गरिरहेका छाँैं, तर कुनै पनि प्रतिक्रियासमेत पाइरहेको छैनौ”, अध्यक्ष जिम्बाले भने, “सधैँजसो हामी व्यवस्थापन गरिरहेका छौंँ भन्ने मात्रै जवाफ दिइरहनु भएको छ ।” उनका अनुसार गाउँपालिकाको आठ वडामा अहिले तीन जना मात्रै वडा सचिवले काम गरिरहेका छन् । पर्याप्त वडा सचिव नहुँदा सेवाग्राहीले भन्ने बेलैमा सेवा लिन नपाएको उनले बताए।
सचिव पर्याप्त नहुँदा सेवाग्राहीलाई भन्ने बेलामा सेवा दिन नसकेको वडा नं– ६ का वडा अध्यक्ष रमेशकुमार लुङ्गेलीले बताउए। “वडा सचिव पर्याप्त नभएका कारण सिफारिस लेख्नेदेखि सबै काम आफूले नै गर्नुपर्दा समस्या खेप्नु परिरहेको छ”, उनी भन्छन् “सेवाग्राहीलाई भन्ने बेलामा सेवा नै दिन गाह्रो भइरहेको छ ।”
भएका तीन जना वडा सचिवमध्ये अहिले रेवतीरमण निरौलाले वडा नं १, २ र ८, रामचन्द्र ढकालले वडा नं ३, ४ र ५ तथा भरत बस्नेतले ६ र ७ नं वडाको जिम्मा लिएर काम गरिरहेको कार्यालयले जनाएको छ । वडा सचिवको अभावमा जनताको काम प्रभावित नहोस् भन्ने उद्देश्यले अहिले कार्यालय सहयोगी नियुक्त गरी काम गरिरहेको अध्यक्ष जिम्बाले बताउए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












