के तपाई विमानस्थल आसपासमा चगां उडाउदै हुनुहुन्छ भने होसियार ! पर्नु होला प्रहरीको फन्दामा
काठमाडाैँ ११,असोज । वर्षा ऋतु सकिएर आउने शरद ऋतुले जब दशैंलाई निम्तो दिन्छ, काठमाडौंलगायत देशका सफा आकाशमा चंगा उडाएर मनोरञ्जन लुट्नेहरु हाेडबाजी चल्छ । तपाईं पनि विगत वर्षहरुका यस्तै दृश्यबाट लोभिएर चंगा उडाउने सोचमा त हुनुहुन्न ?
विमानस्थल आसपास बसोबास गर्दै आइरहनु भएको तपाईं यदि यस्तो सोचमा हुनुहुन्छ भने तपाईंलाई खिन्न बनाउने खबर छ । अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष चंगा उडाउन पाइने छैन । जबरजस्ती गरेर अाफ्नाे इच्छा पूरा गर्न खाेजेमा नियन्त्रणमा लिएर प्रहरीले तपाईंलाई कारबाही गर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका अन्य आन्तरिक विमानस्थलहरुको उडान तथा अवतरणको सुरक्षामा ध्यान दिँदै चंगा उडाउन प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै काठमाडौं उपत्यकालगायत विमानस्थल रहेका स्थान वरपर चंगा उडाउन पाइने छैन ।
चंगाबाट उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको प्राधिकरणले जबर्जस्ती गरेमा प्रचलित कानूनअनुसार कडाभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । अटेरी गर्नेलाई कारबाही हुने प्राधिकरणले जनाए पनि कस्तो प्रकृतिको कारबाही हुन्छ भन्नेबारेमा स्पष्ट खुलाइएको छैन ।
‘कसैले यो सूचनाको अवज्ञा वा अटेरी गरी यस्तो गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही हुने व्यहोरा जानकारी गराइन्छ’, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












