डा. गोविन्द केसी फेरि अनसन बस्ने , शुक्रबार दिउँसो २ बजे त्रिवि शिक्षणा अस्पतालमा पत्रकार सम्मेलन
काठमाडौं १२, असोज। सरकारले यसअघि आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकका बारेमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सहमति कार्यान्वयन नगरे कार्तिक १६ गतेदेखि १६ औँ अनसन बस्ने चेतावनी दिएका डा. केसीले शुक्रबार दिउँसो २ बजे त्रिवि शिक्षणा अस्पतालमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा विधेयकका बारेमा सरकारले आफूसँग गरेको सहमतिका बारेमा जानकारी दिन लागेको केसीका सहयोगिहरुले जनाएका छन् ।
डा. केसीले यसअघि नै सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी कात्तिक १६ गतेदेखि १६ औं अनशन थाल्ने चेतावनी दिएका थिए ।
डा. केसीको मागअनुसार विधेयक निर्माण गरी संसदमा प्रस्तुत गर्ने सरकारसँगको लिखित सहमतिपछि उनले आफ्नो १५ औं अनसन गत साउन १० गते तोडेका थिए । तर, संसदले उक्त विधेयक पास गरेको छैन ।
१५ औं पटक २७ दिन अनसन बसेका केसी र सरकारबीच नौ बुँद सहमतिपछि उनी अनसन तोड्न सहमत भएका थिए ।
डा. केसीले १५ औं अनसन जुम्लाबाट सुरु गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई अनसनको २० औं दिनमा सेनाको हेलिकोप्टरबाट सरकारले काठमाडौं ल्याएको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












