फोहोर सफा नगरेको भन्दै महोत्तरीमा विद्यालयबाट एकजना विद्यार्थी निष्कासित
महोत्तरी१८, असोज। फोहोर सफा नगरेको भन्दै महोत्तरीको भङ्गाहा नगरपालिकाको विद्यालयबाट एकजना विद्यार्थी निष्कासित भएका छन् ।
किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेकाे हेा । ।
मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै निष्कासन गरेको बताएका छन् । उनी डोम समुदायका विद्यार्थी हुन् ।
विद्यालयमा यही असोज १० गते विद्यालयका लेखापाल राकेश यादवकी हजुरआमाको किरियाभाेज खाँदा जम्मा भएको फोहर सफा गर्न भनेको र गन्हाएको फोहोर सफा गर्न नमानेपछि विदालयबाटै निष्कासन गरिएको पीडित विद्यार्थीले बताएका छन् ।
मुकेशका आमाबाबुले भने आफूहरुलाई तल्लो जात भनेर प्रध्यानाध्यापकले दुर्व्यबहार गरेको बताएका छन् । मुकेशका बुवा हरिनमरीले आफूलाई पनि प्रधानाध्यापकले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताए ।
विद्यालयमा किरिया भोज
असोज १० गते पढाइ बन्द गरी विद्यालय परिसरमा किरिया भोज खुवाइएको थियो । भोजपछि बाँकी रहेको खानेकुरा र फोहोर डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको हरिनमरीको दावी छ ।
विद्यालयबाट निष्कासनमा परेका मुकेशले आफूलाई न्याय दिलाइदिन आग्रह गरेका छन् ।
स्थानीय वासिन्दाले यसअघि ३ वर्षअघि प्रधानाध्यापक यादवले राकेश मल्लिकलाईसमेत कुटपिट गरी विद्यालयबाट निष्कासन गरेको बताएका छन् ।
भंगाहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साहले प्रधानाध्यापकले विद्यार्थीमाथि अमानवीय व्यवहार गर्नु गम्भीर विषय भन्दै कानूनअनुसार कारबाही गर्न माग गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












