पुननिर्माणमा बेथितिः हाजिरी कार्यक्षेत्रमा, इन्जिनियर कलेजमा
काठमाडौं ३२, काठमाण्डाैँ । भूकम्पपछिको पुननिर्माणमा खटाइएका प्रविधिक कर्मचारी (इन्जिनियर) ले जिम्मेवारी वहन नगर्दा पुननिर्माण कार्य नै प्रभावित भएको छ ।
कतिपय स्थानमा खटाइएका इन्जिनियरले तोकिएको कार्यक्षेत्रमा उपयुक्त समय मिलाएर जाने र एकै पटक धेरै दिनको हाजिरी गरेर फर्किने गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले नै फेला पारेको छ ।
पुननिर्माणमा खटिएका प्राविधिक कर्मचारी र इन्जिनियर विभिन्न शैक्षिक संस्थाको विद्यार्थी समेत रहेको पाइएपछि यस्तो गर्ने कर्मचारीहरुमाथि कारबाही सुरु गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।
इन्जिनियरहरुलाई कार्यक्षेत्रमा खटाएर पुननिर्माणमा सहयोग गर्ने जिम्मेवारी दिइए पनि स्थानीय तहका पदाधिकारी तथा अधिकारीहरुकै मिलेमतोमा इन्जिनियरहरुबाट यस्तो बद्मासी भइरहेको फेला परेको घिमिरेको भनाइ छ ।
‘एकै दिन विद्यार्थीको रुपमा कलेजमा हाजिरी पनि छ, कर्मचारीको रुपमा त्यही दिन तोकिएको कार्यालयमा हाजिरी पनि छ, यस्तो कसरी हुन सक्छ ?’ घिमिरेले प्रश्न गरे ।
इन्जिनियरहरुले यसरी बद्मासी गर्नुको पछाडि स्थानीय तहका पदाधिकारी तथा अधिकारहरुको पनि मिलेमतो रहेको हुन सक्ने घिमिरेको भनाइ छ ।
यसैकारण प्राधिकरणले हाजिरी प्रमाणित गर्ने स्थानीय तहका पदाधिकारी र अधिकारी तथा सम्बन्धित कर्मचारीलाई कानून अनुसार कारवाही गर्ने प्रक्रिया अगाडि बढाइएको घिमिरेले बताए ।
‘एकै दिन विद्यार्थीको रुपमा कलेजमा हाजिरी पनि छ, कर्मचारीको रुपमा त्यही दिन तोकिएको कार्यालयमा हाजिरी पनि छ, यस्तो कसरी हुन सक्छ ?’ घिमिरेले प्रश्न गरे ।
उनीहरुलाई कि त पुनः निर्माणको काममा खटिन कि त राजीनामा दिएर जान भनेको छ । अन्यथा, प्रशासनिक नियन्त्रण गर्ने स्थानीय निकायका अधिकारीलाई समेत कारवाही गर्न बाध्य हुने प्राधिकरणको भनाइ छ ।
प्राधिकरण गठन भएर सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत भएर आएपछि प्राविधिक कर्मचारी लिने प्रक्रिया सुरु गरिएको थियो । सो समय प्राविधिक कर्मचारीको ब्यवस्थापन शहरी विकास तथा भवन निर्माण विभागले गरेको थियो ।
तर, पुननिर्माणलाई प्राविधिक कर्मचारी आवश्यक मात्रामा पुगेन भन्दै प्राडा गोविन्दराज पोखरेल प्राधिकरणको दोस्रोपटक प्रमुख कार्यकारी अधिकृत भएको समयमा इन्जिनियर थप्ने प्रक्रिया सुरु भएको थियो । सरकारी प्रक्रियाबाट प्राविधिक जनशक्ति भर्ना गर्न समय लाग्ने र पुननिर्माणको कार्य तत्काल अगाडि बढाउन जनशक्ति नभै नहुने अबस्था सिर्जना भएपछि विभिन्न कलेज र विश्वविद्यालयमा इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्दै गरेका विद्यार्थीलाई स्वयम सेवकको रुपमा लिने प्रक्रिया डा. पोखरेलले सुरु गरेका थिए ।
इन्जिनियरिङ विषयमा स्नातक तहसम्मको अध्ययन गरेका विद्यार्थी भर्ना भएको र पछि स्नातकोत्तर तहमा पढ्दै जागिर खान थालेपछि हाल आएर समस्या भएको हो ।
तर, यसरी आफूले सुरु गरेको प्रक्रियामा काठमाडौं विश्वविद्यालय बाहेकका विश्वविद्यालय र कलेजले विद्यार्थी उपलब्ध नगराएको डा. पोखरेलले बताए । काठमाडौं विश्वविद्यालयले पठाएका प्राविधिक कर्मचारी पनि एक महिना काम गरेर फर्किएका थिए ।
डा. पोखरेलकै कार्यकालमा १२ सय थप इन्जिनियर लिने प्रक्रिया सुरु भएको थियो । तर, यसरी सुरु भएको प्रक्रियामा उनको कार्यकालमा लिखित परीक्षासम्म मात्रै लिएको थियो । त्यसपछि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएका युुवराज भुषालको कार्यकालमा १२ सय प्राविधिक कर्मचारी भर्ना गरिएको थियो ।
इन्जिनियरिङ विषयमा स्नातक तहसम्मको अध्ययन गरेका विद्यार्थी भर्ना भएको र पछि स्नातकोत्तर तहमा पढ्दै जागिर खान थालेपछि हाल आएर समस्या भएको हो ।
‘म प्रमुख कार्यकारी अधिकृत भएको समयमा १२ सय प्राविधिक कर्मचारी भर्ना गरिएको थियो। उनीहरुलाई कार्यक्षेत्रमा नै गएर काम गर्नु भन्दै कूल देवताको नाममा शपथ गराएका थियौं, कार्यक्षेत्रमा नगएर फेरि कलेजमा नै पढ्न जाने हो भने आइन्दा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बखास्ती गरिदिन्छौं भनेर मैले नै भनेको थिए,’ भुसालले भने ।
यसरी प्राविधिक कर्मचारी भर्ना गर्दा उनीहरुलाई कलेज भर्ना भएर अध्ययन गरेपनि कार्यक्षेत्रमा अनिवार्य रुपमा बसेर काम गर्नुपर्ने शर्त राखिएको तत्कालीन प्रमुख कार्यकारी अधिकृत भुसाल बताउँछन् ।
‘म प्रमुख कार्यकारी अधिकृत भएको समयमा १२ सय प्राविधिक कर्मचारी भर्ना गरिएको थियो। उनीहरुलाई कार्यक्षेत्रमा नै गएर काम गर्नु भन्दै कूल देवताको नाममा शपथ गराएका थियौं, कार्यक्षेत्रमा नगएर फेरि कलेजमा नै पढ्न जाने हो भने आइन्दा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बखास्ती गरिदिन्छौं भनेर मैले नै भनेको थिए,’ भुसालले भने ।
भुसालले त्यतिबेला हटाउछु भनेका प्राविधिक कर्मचारीले अझै आफ्नो ब्यवहार सुधार नगरेकोले प्राधिकरणले कानुनी प्रक्रिया सुरु गरेको हो । अहिले प्राधिकरण अन्तरगत रहेर करिब ३ हजार इन्जिनियर तथा प्राविधिक कर्मचारी कार्यरत छन् ।
नागरिकको भत्किएको घर हालसम्म निर्माण हुन सकेको छैन । भूकम्प गएको आगामी वैशाखमा ४ वर्ष पुग्न लागेको छ । भत्किएका ८ लाख घर तथा आवास मध्ये हालसम्म ३ लाख मात्रै घर बनेका छन् ।
भूकम्पपछिको पुननिर्माणको लागि भन्दै स्थापना गरिएको प्राधिकरणले पुननिर्माणलाई प्रभावकारी र छिटो ढंगले काम गर्न गराउन सकेको छैन ।
राजनीतिक खिचातानी र समस्यामा अल्झिएको प्राधिकरणले बल्ल अहिले आएर मात्रै आफैले नियुक्त गरेका कर्मचारी तथा इन्ज्निियर विभिन्न क्याम्पसका नियमित विद्यार्थी रहेको विषय थाहा पाएको छ ।
पुनः निर्माणमा खटिएका इन्जिनियर विभिन्न क्याम्पसका विद्यार्थी भएकाले कार्यक्षेत्रमा नबस्दा पुनः निर्माणको काम प्रभावित भएको छ ।
प्राधिकरणका सहायक प्रवक्ता घिमिरे पुनः निर्माणमा खटिनुपर्ने प्राविधिक कर्मचारी क्याम्पसका विद्यार्थी रहेको र पुनः निर्माणमा सोचजति प्रगति हुन नसकेकाले आफूहरुले वाध्य भएर कानुनी कारबाहीको प्रक्रियामा लागेको बताउँछन् ।
उनले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको संवेदनशील काममा जिम्मेबारी बहन गर्ने गरी नियुक्त भई खटिएका प्राविधिक कर्मचारी विभिन्न शैक्षिक संस्थाको नियमित विद्यार्थीको रुपमा अध्ययन गरिरहेको भन्ने बुझिन आएकाले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको बताए ।
पुनः निर्माणमा खटिएका इन्जिनियर विभिन्न क्याम्पसका विद्यार्थी भएकाले कार्यक्षेत्रमा नबस्दा पुनः निर्माणको काम प्रभावित भएको छ ।
प्राधिकरणले त्यस्तो कार्य गर्ने प्राविधिक कर्मचारी र उक्त कर्मचारीको हाजिरी प्रमाणित गर्ने स्थानीय तहका पदाधिकारी वा अधिकारीले यदि त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारवाहीका लागि प्राधिकरणबाट सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय भएको जनाएको छ ।
शहरी तथा भवन विकास विभागले सुरुमा नै इन्जिनियर नियुक्त गरेको थियो । त्यसरी पठाइएका इन्जिनियर अधिकांश विद्यार्थी रहेको पाइएको छ ।
भूकम्प पछिको पुननिर्माण कार्य अस्तव्यस्त छ । पुननिर्माण प्राधिकरणले नियुक्त गरेको प्राविधिक कर्मचारी स्थलगत अनुगमनमा नजाने, कार्यालयमै बसेर नक्शा पास गराउने र घुस रकम समेत उठाउने गरेको दर्जनौं उजुरी परेको छ ।
उनीहरुले पुनः निर्माणलाई सहयोग गर्ने भन्दा पनि थप जटिल बनाएको भन्ने गुनासो पनि आम रुपमा आएको छ ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












