पुननिर्माणमा बेथितिः हाजिरी कार्यक्षेत्रमा, इन्जिनियर कलेजमा
काठमाडौं ३२, काठमाण्डाैँ । भूकम्पपछिको पुननिर्माणमा खटाइएका प्रविधिक कर्मचारी (इन्जिनियर) ले जिम्मेवारी वहन नगर्दा पुननिर्माण कार्य नै प्रभावित भएको छ ।
कतिपय स्थानमा खटाइएका इन्जिनियरले तोकिएको कार्यक्षेत्रमा उपयुक्त समय मिलाएर जाने र एकै पटक धेरै दिनको हाजिरी गरेर फर्किने गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले नै फेला पारेको छ ।
पुननिर्माणमा खटिएका प्राविधिक कर्मचारी र इन्जिनियर विभिन्न शैक्षिक संस्थाको विद्यार्थी समेत रहेको पाइएपछि यस्तो गर्ने कर्मचारीहरुमाथि कारबाही सुरु गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।
इन्जिनियरहरुलाई कार्यक्षेत्रमा खटाएर पुननिर्माणमा सहयोग गर्ने जिम्मेवारी दिइए पनि स्थानीय तहका पदाधिकारी तथा अधिकारीहरुकै मिलेमतोमा इन्जिनियरहरुबाट यस्तो बद्मासी भइरहेको फेला परेको घिमिरेको भनाइ छ ।
‘एकै दिन विद्यार्थीको रुपमा कलेजमा हाजिरी पनि छ, कर्मचारीको रुपमा त्यही दिन तोकिएको कार्यालयमा हाजिरी पनि छ, यस्तो कसरी हुन सक्छ ?’ घिमिरेले प्रश्न गरे ।
इन्जिनियरहरुले यसरी बद्मासी गर्नुको पछाडि स्थानीय तहका पदाधिकारी तथा अधिकारहरुको पनि मिलेमतो रहेको हुन सक्ने घिमिरेको भनाइ छ ।
यसैकारण प्राधिकरणले हाजिरी प्रमाणित गर्ने स्थानीय तहका पदाधिकारी र अधिकारी तथा सम्बन्धित कर्मचारीलाई कानून अनुसार कारवाही गर्ने प्रक्रिया अगाडि बढाइएको घिमिरेले बताए ।
‘एकै दिन विद्यार्थीको रुपमा कलेजमा हाजिरी पनि छ, कर्मचारीको रुपमा त्यही दिन तोकिएको कार्यालयमा हाजिरी पनि छ, यस्तो कसरी हुन सक्छ ?’ घिमिरेले प्रश्न गरे ।
उनीहरुलाई कि त पुनः निर्माणको काममा खटिन कि त राजीनामा दिएर जान भनेको छ । अन्यथा, प्रशासनिक नियन्त्रण गर्ने स्थानीय निकायका अधिकारीलाई समेत कारवाही गर्न बाध्य हुने प्राधिकरणको भनाइ छ ।
प्राधिकरण गठन भएर सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत भएर आएपछि प्राविधिक कर्मचारी लिने प्रक्रिया सुरु गरिएको थियो । सो समय प्राविधिक कर्मचारीको ब्यवस्थापन शहरी विकास तथा भवन निर्माण विभागले गरेको थियो ।
तर, पुननिर्माणलाई प्राविधिक कर्मचारी आवश्यक मात्रामा पुगेन भन्दै प्राडा गोविन्दराज पोखरेल प्राधिकरणको दोस्रोपटक प्रमुख कार्यकारी अधिकृत भएको समयमा इन्जिनियर थप्ने प्रक्रिया सुरु भएको थियो । सरकारी प्रक्रियाबाट प्राविधिक जनशक्ति भर्ना गर्न समय लाग्ने र पुननिर्माणको कार्य तत्काल अगाडि बढाउन जनशक्ति नभै नहुने अबस्था सिर्जना भएपछि विभिन्न कलेज र विश्वविद्यालयमा इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्दै गरेका विद्यार्थीलाई स्वयम सेवकको रुपमा लिने प्रक्रिया डा. पोखरेलले सुरु गरेका थिए ।
इन्जिनियरिङ विषयमा स्नातक तहसम्मको अध्ययन गरेका विद्यार्थी भर्ना भएको र पछि स्नातकोत्तर तहमा पढ्दै जागिर खान थालेपछि हाल आएर समस्या भएको हो ।
तर, यसरी आफूले सुरु गरेको प्रक्रियामा काठमाडौं विश्वविद्यालय बाहेकका विश्वविद्यालय र कलेजले विद्यार्थी उपलब्ध नगराएको डा. पोखरेलले बताए । काठमाडौं विश्वविद्यालयले पठाएका प्राविधिक कर्मचारी पनि एक महिना काम गरेर फर्किएका थिए ।
डा. पोखरेलकै कार्यकालमा १२ सय थप इन्जिनियर लिने प्रक्रिया सुरु भएको थियो । तर, यसरी सुरु भएको प्रक्रियामा उनको कार्यकालमा लिखित परीक्षासम्म मात्रै लिएको थियो । त्यसपछि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएका युुवराज भुषालको कार्यकालमा १२ सय प्राविधिक कर्मचारी भर्ना गरिएको थियो ।
इन्जिनियरिङ विषयमा स्नातक तहसम्मको अध्ययन गरेका विद्यार्थी भर्ना भएको र पछि स्नातकोत्तर तहमा पढ्दै जागिर खान थालेपछि हाल आएर समस्या भएको हो ।
‘म प्रमुख कार्यकारी अधिकृत भएको समयमा १२ सय प्राविधिक कर्मचारी भर्ना गरिएको थियो। उनीहरुलाई कार्यक्षेत्रमा नै गएर काम गर्नु भन्दै कूल देवताको नाममा शपथ गराएका थियौं, कार्यक्षेत्रमा नगएर फेरि कलेजमा नै पढ्न जाने हो भने आइन्दा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बखास्ती गरिदिन्छौं भनेर मैले नै भनेको थिए,’ भुसालले भने ।
यसरी प्राविधिक कर्मचारी भर्ना गर्दा उनीहरुलाई कलेज भर्ना भएर अध्ययन गरेपनि कार्यक्षेत्रमा अनिवार्य रुपमा बसेर काम गर्नुपर्ने शर्त राखिएको तत्कालीन प्रमुख कार्यकारी अधिकृत भुसाल बताउँछन् ।
‘म प्रमुख कार्यकारी अधिकृत भएको समयमा १२ सय प्राविधिक कर्मचारी भर्ना गरिएको थियो। उनीहरुलाई कार्यक्षेत्रमा नै गएर काम गर्नु भन्दै कूल देवताको नाममा शपथ गराएका थियौं, कार्यक्षेत्रमा नगएर फेरि कलेजमा नै पढ्न जाने हो भने आइन्दा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बखास्ती गरिदिन्छौं भनेर मैले नै भनेको थिए,’ भुसालले भने ।
भुसालले त्यतिबेला हटाउछु भनेका प्राविधिक कर्मचारीले अझै आफ्नो ब्यवहार सुधार नगरेकोले प्राधिकरणले कानुनी प्रक्रिया सुरु गरेको हो । अहिले प्राधिकरण अन्तरगत रहेर करिब ३ हजार इन्जिनियर तथा प्राविधिक कर्मचारी कार्यरत छन् ।
नागरिकको भत्किएको घर हालसम्म निर्माण हुन सकेको छैन । भूकम्प गएको आगामी वैशाखमा ४ वर्ष पुग्न लागेको छ । भत्किएका ८ लाख घर तथा आवास मध्ये हालसम्म ३ लाख मात्रै घर बनेका छन् ।
भूकम्पपछिको पुननिर्माणको लागि भन्दै स्थापना गरिएको प्राधिकरणले पुननिर्माणलाई प्रभावकारी र छिटो ढंगले काम गर्न गराउन सकेको छैन ।
राजनीतिक खिचातानी र समस्यामा अल्झिएको प्राधिकरणले बल्ल अहिले आएर मात्रै आफैले नियुक्त गरेका कर्मचारी तथा इन्ज्निियर विभिन्न क्याम्पसका नियमित विद्यार्थी रहेको विषय थाहा पाएको छ ।
पुनः निर्माणमा खटिएका इन्जिनियर विभिन्न क्याम्पसका विद्यार्थी भएकाले कार्यक्षेत्रमा नबस्दा पुनः निर्माणको काम प्रभावित भएको छ ।
प्राधिकरणका सहायक प्रवक्ता घिमिरे पुनः निर्माणमा खटिनुपर्ने प्राविधिक कर्मचारी क्याम्पसका विद्यार्थी रहेको र पुनः निर्माणमा सोचजति प्रगति हुन नसकेकाले आफूहरुले वाध्य भएर कानुनी कारबाहीको प्रक्रियामा लागेको बताउँछन् ।
उनले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको संवेदनशील काममा जिम्मेबारी बहन गर्ने गरी नियुक्त भई खटिएका प्राविधिक कर्मचारी विभिन्न शैक्षिक संस्थाको नियमित विद्यार्थीको रुपमा अध्ययन गरिरहेको भन्ने बुझिन आएकाले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको बताए ।
पुनः निर्माणमा खटिएका इन्जिनियर विभिन्न क्याम्पसका विद्यार्थी भएकाले कार्यक्षेत्रमा नबस्दा पुनः निर्माणको काम प्रभावित भएको छ ।
प्राधिकरणले त्यस्तो कार्य गर्ने प्राविधिक कर्मचारी र उक्त कर्मचारीको हाजिरी प्रमाणित गर्ने स्थानीय तहका पदाधिकारी वा अधिकारीले यदि त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारवाहीका लागि प्राधिकरणबाट सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय भएको जनाएको छ ।
शहरी तथा भवन विकास विभागले सुरुमा नै इन्जिनियर नियुक्त गरेको थियो । त्यसरी पठाइएका इन्जिनियर अधिकांश विद्यार्थी रहेको पाइएको छ ।
भूकम्प पछिको पुननिर्माण कार्य अस्तव्यस्त छ । पुननिर्माण प्राधिकरणले नियुक्त गरेको प्राविधिक कर्मचारी स्थलगत अनुगमनमा नजाने, कार्यालयमै बसेर नक्शा पास गराउने र घुस रकम समेत उठाउने गरेको दर्जनौं उजुरी परेको छ ।
उनीहरुले पुनः निर्माणलाई सहयोग गर्ने भन्दा पनि थप जटिल बनाएको भन्ने गुनासो पनि आम रुपमा आएको छ ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











