वीरगन्जमा हिजो ह्युमपाइपले च्यापिएर १ जनाको मृत्यु ३ जना घाइते
काठमाडौँ २३, भदाै। वीरगन्जको लालबंगला परिसरमा हिजो साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका चारजना बालबालिकामध्ये एकजना बालकको निधन भएको छ भने तीनजनाको उपचार भइरहकोको छ ।
तीनजना घाइतेमध्ये एकजनाको खुट्टा काटन्पर्ने बताइएको छ ।
घाइते तथा मृतक परिवारलाई संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सहयोग गरेका छन् ।
काठमाडौको वी एण्ड वी अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज रानीघाटका गोविन्द चौधरीका छोरीहरु १० वर्षीया अनुष्का चौधरी र सात वर्षीया अंकीता चौधरीलाइै आज अस्पतालमै पुगेर दुवैलाई २५–२५ हजार रुपैयाँ उनले सहयोग गरेका छन् ।
उनीहरुमध्ये अनुष्काको खुट्टा नै काट्नु पर्ने अवस्था रहेको नेता यादवले बताए ।
सो दुर्घटनामा घाइते भएका राकेश यादवकी छोरी आयुषा यादवको उपचार र वीरगञ्ज हेल्थ केयर अस्पतालमा भइरहेको छ ।
आयुषालाई पनि २५ हजार सहयोग गरेका छन् भने उपचारका क्रममा मृत्यु भएका रोहित चौधरीको परिवारलाई ५० हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनी वीरगञ्ज फर्के लगतै मृतक परिवारलाई भेटेर सो रकम दिने बताएका छन् ।
लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुःखद घटना भएकाले त्यसलाई कारवाहीको माग समेत उनले गरेका छन् ।
बालबालिका खेल्ने ठाउँमा दुई तीन वर्षदेखि ह्युमपाइप थन्काएर राखेको थियो । बालबालिकाहरु त्यसमा खेल्न जाँदा पाइप गुडेएपछि त्यसमा च्यापिएर चारजना घाइते भएका छन् ।
यसको सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने उनको माग रहेको छ । उनले पर्साका सिडियोलाई फोन गरेर कालिका कन्स्ट्रक्सनका मालिकलाई पक्राउ गरी घाइतेलाई क्षतिपूर्ति दिलाउन आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












