वीरगन्जमा हिजो ह्युमपाइपले च्यापिएर १ जनाको मृत्यु ३ जना घाइते
काठमाडौँ २३, भदाै। वीरगन्जको लालबंगला परिसरमा हिजो साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका चारजना बालबालिकामध्ये एकजना बालकको निधन भएको छ भने तीनजनाको उपचार भइरहकोको छ ।
तीनजना घाइतेमध्ये एकजनाको खुट्टा काटन्पर्ने बताइएको छ ।
घाइते तथा मृतक परिवारलाई संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सहयोग गरेका छन् ।
काठमाडौको वी एण्ड वी अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज रानीघाटका गोविन्द चौधरीका छोरीहरु १० वर्षीया अनुष्का चौधरी र सात वर्षीया अंकीता चौधरीलाइै आज अस्पतालमै पुगेर दुवैलाई २५–२५ हजार रुपैयाँ उनले सहयोग गरेका छन् ।
उनीहरुमध्ये अनुष्काको खुट्टा नै काट्नु पर्ने अवस्था रहेको नेता यादवले बताए ।
सो दुर्घटनामा घाइते भएका राकेश यादवकी छोरी आयुषा यादवको उपचार र वीरगञ्ज हेल्थ केयर अस्पतालमा भइरहेको छ ।
आयुषालाई पनि २५ हजार सहयोग गरेका छन् भने उपचारका क्रममा मृत्यु भएका रोहित चौधरीको परिवारलाई ५० हजार रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनी वीरगञ्ज फर्के लगतै मृतक परिवारलाई भेटेर सो रकम दिने बताएका छन् ।
लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुःखद घटना भएकाले त्यसलाई कारवाहीको माग समेत उनले गरेका छन् ।
बालबालिका खेल्ने ठाउँमा दुई तीन वर्षदेखि ह्युमपाइप थन्काएर राखेको थियो । बालबालिकाहरु त्यसमा खेल्न जाँदा पाइप गुडेएपछि त्यसमा च्यापिएर चारजना घाइते भएका छन् ।
यसको सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने उनको माग रहेको छ । उनले पर्साका सिडियोलाई फोन गरेर कालिका कन्स्ट्रक्सनका मालिकलाई पक्राउ गरी घाइतेलाई क्षतिपूर्ति दिलाउन आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












