भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने
सुर्खेत २४ ,असोज। भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टीबीएम)ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ ।
भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पु¥याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रुपमा आयोजना अघि बढाएको हो । आयोजनाले आगामी फागुनसम्म बाँकी चार किमी सुरुङ निर्माण गरिसक्ने जनाएको छ ।
आयोजना प्रमुख सञ्जीव बरालले कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए फागुनसम्म सुरुङ निर्माण पूरा हुने बताए । ‘टिबिएमले रिस्क जोनसमेत पार गरिसक्यो, भौगर्भिक अध्ययनले अब कुनै रिस्क देखाएको छैन’, उनले भने, ‘यही गतिले काम अघि बढे सम्झौता अवधिभन्दा एक वर्ष अगावै सुरुङ निर्माण भइसक्छ ।’ सरकारले सन् २०२० मार्चसम्म सुरुङ निर्माण गर्ने लक्ष्य लिएको छ ।
अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टिबिएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । गत वर्ष कात्तिक मसान्तदेखि मेशिनले सुरुङ खन्न थालेको हो ।
चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ । आयोजना बाँध र विद्युत्गृह निर्माणको पूर्वतयारीमा जुटेको छ । हाल सिंचाइ विभागले बाँध र विद्युत्गृह निर्माणसम्बन्धी प्रतिवेदन अध्ययन गर्दैछ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृतमा अध्ययनमा गरिरहेको छ ।
आयोजना प्रमुख बरालले प्रतिवेदन स्वीकृत भएपछि विश्वव्यापी बोलपत्र आह्वान गरिने बताउनुभयो । “२०१९ को अप्रिलसम्म संरचना निर्माणअन्तर्गत पूर्वतयारीका सबै काम सक्छौंँ,’ उनले भने, ‘यस अवधिमा ठेक्का छनौट, जग्गा अधिग्रहण लगायतका काम सम्पन्न गरिनेछ ।’
टिबिएमले तोलीखोला आसपासको जोखिमयुक्त क्षेत्र पार नगरुञ्जेल आयोजनालाई संरचना निर्माणको पूर्वतयारीमा जुट्न कठिनाइ थियो । जोखिमपूर्ण चुरे पर्वत पार गरेसंँगै यो नमूना आयोजना सफल हुने ठानिएको छ । सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माणमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो । त्यहाँ माटामा पानी बढी अर्थात् जमीन लेदो थियो ।
दैनिक औसत ४० मिटर खनिरहेको टिबिएमले त्यस क्षेत्रमा भने १०–११ मिटर मात्रै खनेको थियो । “रिस्क जोन पार गरेपछि दु्रत गतिमा बाँकी काम पनि अघि बढाएका छाैं,’ आयोजनाकै डिभिजनल इञ्जिनीयर कृष्ण उपाध्यायले भने, ‘पाइलटिङ प्रोजेक्ट भएकाले सुरुङ नसकिँदै बाँकी संरचना निर्माणको हतारो गर्नु उचित हुन्न, यदी कुनै कारणवश सुरुङमा अवरोध देखिए ड्याम र पावरहाउसको काम अघि बढाएको कुनै अर्थ भएन ।’
छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दैछ । आयोजना सफल हुने देखेपछि मात्र विद्युत्गृह र बाँध निर्माणसम्बन्धी विस्तृत अध्ययन थालिएको थियो । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिंचाइ योजना विस्तार गरिनेछ ।
चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत र साढे १६ अर्ब लाग्ने अनुमान छ ।
बाह्रै महीना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युत्बाट रु दुई दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।
Comments
अरु समाचार
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











