२० घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमाार्ग खुल्यो
नवलपरासी २६, असोज। २० घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमाार्ग खुलेको छ । राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हाे ।
नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिए ।
बिहिबा र दिउसो ३ बजे दाउन्नेको घिउ खोला र दुम्किबासमा पल्टिएको भुसको ट्रक हटाउने प्रहरीले क्रेन नै मगाउन परेको थियो । हिजो एउटा क्रेनले हटाउन नसकेपछि आज थप एउटा क्रेन मगाएर बिहान सवा ११ बजेतिर मात्र बाटो दुई तर्फी खुलाइएको थापाले बताए ।
दाउन्नेमा सयौं ठाउंमा सडक भत्किएर ठूलाठूला खाडल हुंदा सवारी साधनहरु नियमित जसो घण्टौं जाममा पर्ने गरेका छन् ।
सडक अवरुद्ध हुँदा दशैं मान्न घर हिँडेका यात्रुहरु घण्टौं जाममा परेका थिए । प्रहरी उपरीक्षक थापाले सडक सञ्चालनमा आएकाले विस्तारै जाम हट्ने जानकारी दिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












