राउटे बस्तीमा दशैंको चटारो
सुर्खेत २७, असोज। यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ ।
हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् ।
यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको राउटेको भनाइ छ । महामुखिया महिनाबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको बताउनुभयो । “दशैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ” स्थानीय गङ्गटे बजारमा भेटिनुभएका उहाँले भन्नुभयो, “चिसो बढ्यो, दशैँ पनि आयो, दशैँ मनाएर अन्तै सर्नुपर्ला ।” ज्यामिरे जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाई नहुने उहाँको भनाइ छ ।
फिरन्ते जीवन बिताउने यो समुदायका ४२ घरधुरीमा गरी १४८ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले आज बस्तीमै पुगेर राउटे समुदायलाई असोज महीनाको भत्ता वितरण ग¥यो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक रु दुई हजार प्रदान गर्दै आएको छ ।
राउटेले उक्त रकम दशैँका लागि खर्च गर्ने प्रतिक्रिया दिए । “भत्ताको पर्खाइमा थियौँ, सरकारले समयमै दियो” भत्ता बुझेपछि प्रफुल्लित देखिएका एक युवाले भन्नुभयो ।
दशैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय गङ्गटे बजार, वीरेन्द्रनगरसम्म पुग्ने उनीहरुको योजना छ । समुदायका चार युवा भने दशैँ खर्च जुटाउन काठमाडौँ पुगेका छन् । उनीहरु अझै बस्ती फर्केका छैनन् ।
राउटे घटस्थापनाका दिन बस्ती सर्नुपरेकाले जमरा राख्न पाएनन् । राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसी, बोका जम्मा गरी राख्छन् । यदि खसी नपाए बूढो बाख्री नै भए पनि खोजेर ल्याउँछन् ।
दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । पुरुषले मात्र नाच्छन् । महिलाहरु कहिल्यै नाच्दैनन् ।
देवीदेवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि, उनीहरुको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्यष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ म¥यो त्यही गाडेर बस्ती सर्छन् । मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै श्रृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताउनुभयो । “शिकार परेन भने देउता रिसाएको बुझ्छौँ, उहाँले भन्नुभयो, “त्यही भएर शिकारका देवता भुयाँ र दारेमष्टोको पूजा गर्छौं ।”
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












