क्रिकेटर लामिछाने अर्को सफलता : अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।
अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् ।
सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने भएका हुन् । क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन् ।
हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप आगामी पुस ४ गतेदेखि शुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् । यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन डिस्ट्रिक क्लबबाट २०१६–१७ मा प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए । सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए ।
यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडी बनेका सन्दीपले इन्डियन प्रिमियर लिगमा ९आइपिएल० दिल्ली डेयरडेभिल्सबाट यसै सिजनमा खेलेका थिए ।
अष्ट्रेलियन लिगमा आबद्ध भएपछि सन्दीपले यो नेपाल र नेपालीका लागि गौरबको कुरा भएको प्रतिक्रिया दिएको उक्त वेबसाइटले जनाएको छ । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत आबद्ध भइसकेका छन् । रासस
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












