हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा
काठमाडौं ८, कात्तिक। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा भएको छ ।
२३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विस्फोटक पदार्थ पठाइएको थियो । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार, दुवै ठेगानामा एउटै शैलीमा विस्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विस्फोट भने भएनन् । ओबामा र क्लिन्टनको ठेगानामा पुग्नुअगावै विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको छ । सर्भिसका अधिकारीहरूले वासिंटन डीसीमा ती विस्फोटक पदार्थ नियन्त्रणमा लिएका हुन् ।
तर ओबामाका प्रवक्ताले यसबारे कुनै प्रतिक्रिया नजनाएको बीबीसीको विवरणहरुमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा भने सम्पूर्ण सरकारी निकायहरुलाई छल्दै त्यस्तो विस्फोटक पदार्थ पुर्याइएको छ । जसको त्रासले टेलिभिजनको समाचार कक्ष नै खाली गराइएको समाचारहरु प्रकाशमा आएका छन् ।
अमेरिकामा पछिल्लो समय विस्फोटक पदार्थहरुको त्रास बढेको छ । केही दिनअघि मात्रै न्यूयोर्कका एक अर्बपति तथा समाजसेवी जर्ज सुरोसको घरमा बम भेटिएको थियो ।
यस्ता विस्फोटक पदार्थ पूर्वअमेरिकी वरिष्ठ अधिकारीलाई लक्षित गर्दै पठाउन लागिएको दाबी चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकहरुले गरेका छन् । तर यो काममा कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।
अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीई)ले घटनालाई गम्भीरतापूर्वक लिएको जनाउँदै यसबारे अनुसन्धान भइरहेको बताएको छ ।
अमेरिकामा यस्ता विस्फोटक पदार्थ हुलाकमार्फत् पठाइएको यो पहिलो घटना भने होइन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि यसैगरी विष्फोटक पदार्थ पठाइएको खबर प्रकाशमा आएको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिमा शिष्ट र सभ्य हुन अमेरिकी जनतालाई आग्रह गरेका छन् । हुलाकमार्फत ओबामा, क्लिन्टन र सीएनएनको कार्यालयमा विस्फोटक पदार्थ पठाइएको घटना प्रकाशमा आएसँगै ट्रम्पले यस्तो आग्रह गरेका हुन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












