मुक्तिनाथ जाने सडकको कालोपत्रे पूरा
काठमाण्डाै ८, असोज। दुई वर्षदेखि चलिरहेको मुक्तिनाथ जाने सडक कालोपत्रे गर्ने काम यो वर्ष पूरा भएको छ। समुद्री सतहबाट ३ हजार ७ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर जाने तीर्थयात्रुहरुले यो वर्ष फरक दृश्य देख्न पाए।
दशैँ अगाडि सवारी साधनका लागि पूरै सडकखण्ड खुला गरिएपछि मुस्ताङको गजबको ल्यान्डस्केपको मज्जा लिँदै अब पिच सडकमा सरर गुड्न सम्भव भएको छ।
ठाउँठाउँमा बिग्रिएको पोखरा-बाग्लुङ हाइवेभन्दा पनि मुक्तिनाथ सडकको यात्रा आरामदायी हुँदा यात्रुहरु दङ पर्छन्। तर बेनीदेखि मुक्तिनाथसम्मको सडक यस्तो चिल्लो छैन। कागबेनीबाट मुक्तिनाथ बसपार्कसम्मको १२ किलोमिटरको सडकमात्रै कालोपत्रे गरिएको हो।
यसअघि यो बाटोमा उपभोक्ताहरु आफैले कच्ची सडक बनाएका थिए। यो तीनदेखि चार किलोमिटरमात्रै फराकिलो थियो। तर अबको कालोपत्रे सडक भने पाँच मिटर फराकिलो छ।
मुस्ताङमा करिब २५० किलोमिटर सडक बाटो भए पनि पिच गरिएको भने यो पहिलो सडकखण्ड हो। करिब २० करोड रुपैयाँको लागतमा जिल्ला प्राविधिक कार्यालय मुस्ताङद्वारा सञ्चालित ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजनामार्फत् यो सडक कालोपत्रे गरिएको हो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












