मुक्तिनाथ जाने सडकको कालोपत्रे पूरा
काठमाण्डाै ८, असोज। दुई वर्षदेखि चलिरहेको मुक्तिनाथ जाने सडक कालोपत्रे गर्ने काम यो वर्ष पूरा भएको छ। समुद्री सतहबाट ३ हजार ७ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर जाने तीर्थयात्रुहरुले यो वर्ष फरक दृश्य देख्न पाए।
दशैँ अगाडि सवारी साधनका लागि पूरै सडकखण्ड खुला गरिएपछि मुस्ताङको गजबको ल्यान्डस्केपको मज्जा लिँदै अब पिच सडकमा सरर गुड्न सम्भव भएको छ।
ठाउँठाउँमा बिग्रिएको पोखरा-बाग्लुङ हाइवेभन्दा पनि मुक्तिनाथ सडकको यात्रा आरामदायी हुँदा यात्रुहरु दङ पर्छन्। तर बेनीदेखि मुक्तिनाथसम्मको सडक यस्तो चिल्लो छैन। कागबेनीबाट मुक्तिनाथ बसपार्कसम्मको १२ किलोमिटरको सडकमात्रै कालोपत्रे गरिएको हो।
यसअघि यो बाटोमा उपभोक्ताहरु आफैले कच्ची सडक बनाएका थिए। यो तीनदेखि चार किलोमिटरमात्रै फराकिलो थियो। तर अबको कालोपत्रे सडक भने पाँच मिटर फराकिलो छ।
मुस्ताङमा करिब २५० किलोमिटर सडक बाटो भए पनि पिच गरिएको भने यो पहिलो सडकखण्ड हो। करिब २० करोड रुपैयाँको लागतमा जिल्ला प्राविधिक कार्यालय मुस्ताङद्वारा सञ्चालित ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजनामार्फत् यो सडक कालोपत्रे गरिएको हो।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












