सडक विस्तारका क्रममा बिद्यालय भवन भत्काएको विरोधमा सडकमै पठनपाठन सुरु
काठमान्डाै ८, कात्तिक। जनकपुरधामसडक विस्तारका क्रममा बिद्यालय भवन भत्काएको विरोधमा सडकमै पठनपाठन सुरु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको राजर्षी जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु सडकमै बसेर पढेका हुन् । सकडमै बोर्ड, डेस्कबेन्च राखेर पढाइएको थियो ।
विद्यार्थीहरुले जनकपुर लोहरपट्टी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध गरेर सडकमै बसेर पढाई गरेका हुन् ।
गत वैशाख पहिलो साता सडक विस्तारका क्रममा कक्षाकोठाको पर्खाल र कम्पाउन्ड वाल डोजर लगाएर भत्काइको थियो ।
सडक विस्तारको नाममा वडाअध्यक्ष रामेश्वर महासेठले विद्यालयको भवन भत्काएको स्कुलको आरोप छ ।
विद्यार्थीहरुले भत्किएको कोठामा अध्ययन गर्दै आएका थिए । विद्यालयमा अध्ययनरत झण्ड ६ सय विद्यार्थी ६ महिनादेखि सडकको धुवाधुलो खाएर पढ्न बाध्य थिए । विद्यालय भवनसँगै जोडिएको जनकपुर लोहरपट्टी सडकमा अत्याधिक सवारी आवतजावत गर्ने भएकाले धुलोले स्वास्थ्यमा असर परेको कक्षा १० मा अध्ययनरत्त विद्यार्थी रामकुमार महासेठको गुनासो छ ।
गर्मीको समयमा जसोतसो पढाएपनि जाडोमा समस्या हुने भएकाले दबाव दिन सडकमा पठन पाठन गरिएको प्रधानाध्यापक वीरेन्द्र यादवले जताए ।
विद्यालयको कक्षाकोठा भवनको वाल भत्काएको विरोधमा स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












