‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल ‘एपिएफ’ को मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले जनाएको छ ।
आजको पहिलो खेलमा दुई अपराजित टोली सङ्कटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा गर्नेछन् । सङ्कटा यसअघिका लगातार तीन खेल जित्दै ९ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ भने दुई जित र एक बराबरीको नतिजासहित आर्मी सात अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा चौथो स्थानको थ्रीस्टारले एनआरटीसँग खेल्दैछ । लगातार दुई खेल जितेर उत्कृष्ट शुरुआत गरेको थ्रीस्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।
तेस्रो खेलमा हल्चोकस्थित एपिएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुवै टोलीले लिगमा अहिलेसम्म मिश्रित नतिजा निकालेका छन् । एक जीत, एक बराबरी र एक हारसँगै दुवै टोलीको समान चाररचार अङ्क रहेको छ ।
लिगअन्तर्गत चौथो चरणको खेलको पूर्वसन्ध्यामा सबै क्लबहरूले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले आफूहरू जित्नकै लागि खेल्ने बताएका छन् । एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले थ्रीस्टार बलियो क्लब रहेकाले ऊसँग बराबरीको नतिजाका लागि खेल्ने बताए ।
त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरूको मुख्य लक्ष्य भेनेकै तीन अङ्क रहेको बताए । “केही स्टार खेलाडी घाइते हुनाले आज आर्मीलाई केही अप्ठेरो पर्न सक्नेछ । नवयुग श्रेष्ठ घाइते छन्, सुमन अर्याल दोहोरो पहेँलो कार्डले खेल्न पाउँदैनन् भने प्रमोशनको चरणमा भएकाले जर्ज प्रिन्स कार्कीले लिगका बाँकी खेल खेल्न पाउने छैनन ।”
सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले तयारी राम्रो रहेकाले आज आर्मीविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताए । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले च्यासल आफूहरूका लागि चुनौतीको टोली भएकाले बल पोजिसन राख्दै खेल आफ्नो पक्षमा राख्ने बताए ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












