खेलाडीले स्वाभिमानको जीवन बिताउन पाउने
बनेपा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेल जीवनपछि पनि खेलाडीले स्वाभिमानको जीवन बिताउने बताउनुभएको छ ।
प्रथम इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिताको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा भएको समापन कार्यक्रममा उहाँले खेलाडीको जीवन निर्वाहका लागि योजना बनाएर अगाडि बढिरहेको बताउनुभयो ।
अहिले आफूहरुले खेललाई प्राथमिकता दिएर खेलाडीको कल्याणकारी कामका निमित्त पेन्सनको व्यवस्था गरेको उहाँको भनाइ छ ।
अहिले नेपालमा खेलकूदको छुट्टै विश्वविद्यालय नभएका कारण पढ्न गए खेल छुट्ने र खेल्न गए पढाइ छुट्ने अवस्था भएकाले अब छिट्टै खेलकूद विश्वविद्यालय खोल्ने तयारीमा रहेको उहाँको भनाइ छ ।
सो क्रममा विष्टले विजयी खेलाडीलाई पदक वितरण गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ ३० केजी तौल समूहमा सागर थिङ प्रथम र समीर बुढाथोकी दोस्रो हुनुभएको छ भने ३५ केजी तौलभन्दा मुनिका निरोज तामाङ प्रथम र आशुतोष बादे दोस्रो हुनुभएको थियो । त्यस्तै ४० केजीभन्दा कम तौल समूहमा अनिल बमजन प्रथम र संसार खड्का दोस्रो हुनुभएको थियो । ४५ केजीभन्दा कम तौल समूहमा मन्दीप भुसाल प्रथम र अमित मगर दोस्रो हुनुभएको थियो । ५० केजी मुनिको तौल समूहमा पारस शाह ठकुरी प्रथम र सरोज तामाङ दोस्रो हुनुभएको थियो ।
त्यसैगरी महिलातर्फ खुला तौल समूहमा उषा श्रेष्ठ प्रथम र नविना तामाङ दोस्रो हुनुभएको थियो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता नेपाल र भारतबीचमा खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसँग बाँधिएका सामाजिक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।
नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घका केन्द्रीय अध्यक्ष एवं सो सङ्घको जापानको तर्फबाट नेपाली शाखा प्रमुख अशोक श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा भारतको ३५ र नेपालका १४० खेलाडी गरी १७५ जनाको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












