मन्त्रिपरिषद् बैठक : लकडाउनको अवधि र स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसिरहेको छ।
अपरान्ह सवा ४ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो। आजको मन्त्रिपरिषद् बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। कोरोना रोकथामसम्बन्धी स्वास्थ्य सामग्री ढुवानीमा गर्न खोजिएको अनियमिततालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट रहेको बुझिएको छ।
स्वास्थ्य सामग्री खरिदमा गडबडी गर्न खोजिएको सूचना बालुवाटार पुगेपछि प्रधानमन्त्रीले आजको बैठकमा केही मन्त्रीहरुसँग सोधखोज गर्न सक्ने बताइएको छ। स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे सञ्चारमाध्यममा समाचारआएपछि त्यसबारेमा प्रधानमन्त्रीले कोरोना रोकथाम उच्चस्तरी समितिका संयोजक ईश्वर पोखरेल तथा विभागीय मन्त्रीहरुसँग छलफल गर्ने भएका हुन्।
स्वास्थ्य सामग्री खरिदमा आफूनिकट एजेन्ट र दलाललाई प्रयोग गरेर भ्रष्टाचार गर्न खोजेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परिसकेको छ। त्यसैगरी स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई सर्वोच्चले बोलाएको छ। विवादमा तानिएपछि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री ओलीकै निर्देशनमा ओम्नी समूहसँगको ठेक्का सम्झौता रद्द गरिसकेको छ।
यो बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि हाल जारी लकडाउनको अवधि बढाउनेबारेमा छलफल हुने भएको एक मन्त्रीले जानकारी दिए। नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले कम्तीमा वैशाख पहिलो सातासम्म लकडाउन लम्बाउने रणनीति बनाएको हो। पछिल्लो पटक शनिबार मात्रै कैलाली र कञ्चनपुरमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। ‘ट्राभल हिस्ट्री’ नभएकी एक महिलासममेत कोरोना संक्रमित भएपछि सरकारले थप कडा कदम चाल्ने अनुमान गरिएको छ।
Comments
अरु समाचार
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...