माओवादीबाट मन्त्री बन्नेको सूचीमा ‘पहिलो महिला छापामार’ रोकाको चर्चा
काठमाडाैं । नेकपा माओवादी केन्द्रबाट गठबन्धन सरकारमा पठाउने मन्त्रीहरुमा आकांक्षीको संख्या धेरै भएपछि कसलाई पठाउने भन्ने विषय पेचिलो बन्ने देखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैले सरकारमा मन्त्रीहरुको नाम पठाउन अत्यन्तै सकस पर्ने संभावना देखिएको स्विकार गरिसकेका छन् । तर, माओवादीमा मन्त्रीहरु छान्न सजिलो हुने भने देखिन्न ।
माओवादी केन्द्रबाट मन्त्री हुनेको सूचीको अग्रपंक्तिमा रुकुम पूर्वबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य कमला रोकाको पनि चर्चा हुन थालेको छ । माओवादी केन्द्रमा प्रत्यक्ष निर्वाचित सांसदमध्ये अहिले मन्त्री नबनेकी नेतृ रोका मात्रै हुन् । कन्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित बीना मगर यसअघि एमाले माओवादी केन्द्रको पर्टी एकता भई बनेको पार्टी नेकपा हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनिसकेकी छन् ।
भने, ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट पम्फा भुसाल अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उर्जामन्त्री छन् । माओवादी जनयुद्धमा विभिन्न मोर्चामा संलग्न रहेकी रोकाको पनि देउवा नेतृत्वको सरकारमा मन्त्रीको सूचीमा पठाउने नाममा चर्चामा छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत रोकाको बारेमा सकारात्मक रहेको जनाइन्छ । २०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा अति दुर्गम मगर किसान परिवारमा जन्मिएकी रोका माओवादीले थालेको १० वर्षे जनयुद्धको पहिलो महिला छापामार समेत हुन् ।
माओवादी जनयुद्धमा विभिन्न मोर्चामा अग्रपंक्तिमा लडेकी उनी जनमुक्ति सेनाको ब्रिगेट कमिसार समेत थिइन् । यस्तै, माओवादीले जनयुद्धको सुरुवात गरेको दिन २०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चाैकी आक्रमणको क्रममा पहिलो महिला छापामारको रुपमा समेत सहभागी भएकी थिइन् । कथा तथा निबन्ध लेख्ने उनी अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र ‘सारी सोल्जर’मा रहेका पात्रहरूमध्ये एक हुन् । ‘लुम्बिनी प्रदेशको एकमात्र विकट हिमाली जिल्ला मात्रै नभएर कान्छो जिल्ला पनि भएकाले जिल्लाको सर्वाङ्गीन विकासका निम्ति रुकुम पूर्वले एक पटक मन्त्री पाउँदा ठिक हुन्छ भन्ने मत पार्टीमा पनि बलियो बन्दै गएको छ ।
महिलामा प्रत्यक्ष निर्वाचित पार्टीका तीन सांसदमा उहाँ मात्रै मन्त्री नबनेकाले पनि यो पटक माैका दिनुपर्छ भन्ने मत पार्टीमा बलियो र पेचिलो बनेको छ । यद्यपी पार्टीले के निर्णय गर्छ आजै भन्न सकिने अवस्था भने छैन्’, रुकुम पूर्वका एक नेताले भने । पार्टी संगठनको काममा जिल्ला भ्रमणमा रहेकी सांसद रोकाले भने पार्टीले न्यायोचित निर्णय गर्नेमा आफू आशावादी रहेको जनाइन् ।
‘पार्टी संगठनको कामको सिलसिलामा जिल्लामा छु । पार्टीले जिम्मेवारी दिएको खण्डमा जस्तोसुकै भूमिका निभाउन तयार छु’, संक्षिप्त कुराकानीको क्रममा रोकाले भनिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरुसंग मन्त्रीको नामावली छिटो दिन आग्रह गरिसकेका छन् । अबको केहिदिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने गरेर तयारी थालिएपछि मन्त्री को को बन्ने भन्नेबारे छलफल सुरु भइसकेको जनाइएको छ ।
Comments
अरु समाचार
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...