विश्वकप क्वाटरफाइनलमा आज उरुग्वे र फ्रान्स, ब्राजिल र बेल्जियम भिड्दै
काठमाडौँ २२, असार । रुसमा जारी विश्वकप फुटबलको क्वाटर फाइनल खेलमा आज २ खेलमा ४ टोली भिड्दैछन् ।
बेलुकी पौने ८ बजेदेखि सुरु हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्दै छन् भने पौने १२ बजेदेखि सुरु हुने खेलमा ब्राजिल र बेल्जियम भिड्दै छन्। ४ टोली मध्ये २ टोली सेमिफाइनलमा पुग्ने छन् भने २ टोली विश्वकपबाट बाहिरीने छन् ।
उरुग्वे र फ्रान्स
विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स नेपाली समयअनुसार साँझ ७ः४५ बजे भिड्नेछन् । फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
आज दुबै टोलीले सेमिफाइनलको यात्रा तय गर्नका लागि कडा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।
ब्राजिल र बेल्जियम
ब्राजिल र बेल्जियमबीच हुने खेललाई पनि आजको कडा प्रतिस्पर्धा हुने खेलको रुपमा हेरिएको छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।
क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकको विश्वविजेता ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।
शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामने हुनेछन् ।
क्वाटर फाइनलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।
खेल तालिका यस्तो छ:
Comments
अरु समाचार
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...