ताजा समाचार

विश्वकपमा नेदरल्यान्ड्समाथि इंग्ल्यान्डको जित

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा इंग्ल्यान्डले लगातार पाँच खेलको हारको यात्रा टुंगाएको छ।

बुधबार नेदरल्यान्ड्समाथि पुनेमा १६० रनको जित निकाल्दै इंग्ल्यान्डले विश्वकपमा आठमध्ये दोस्रो जित निकालेको हो।

इंग्ल्यान्डले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १७९ रनमै अलआउट भयो।

उसका लागि तेजा निडामानुरुले सबैभन्दा बढी नटआउट ४१ रन जोड्न सके।

बलिङमा इंग्ल्यान्डका मोइन अली र अदिल रसिदले ३(३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३३९ रन जोड्यो।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले १०८ रन जोडे भने डविड मालनले ८७ रन र क्रिस ओएक्सले ५१ रन बनाए। बलिङमा नेदरल्यान्ड्सका बास डी लिडले ३ विकेट लिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org