ताजा समाचार

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा मतदान हुँदा अविश्वासको प्रस्तावको विपक्षीमा ५२ मत खसेपछि नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो ।

कुल ८७ मध्ये ५३ जनाले मतदान गरेका थिए । एक मत बदर भएको थियो भने अविश्वासको प्रस्तावको पक्षमा शून्य मत खसेको थियो । ३४ जनाले भने मतदान प्रक्रियामै भाग लिएनन् । अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पास हुन दुईतिहाइ मत आवश्यक पर्छ ।

गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव सहित एन्फामा पेश गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org