युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी जित
काठमाडौं । युरोकप २०२४ को छनोटमा फ्रान्सले जिब्राल्टरमाथि कीर्तिमानी जित निकालेको छ ।
समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे । यस्तै जिब्राल्टरका खेलाडीले एक आत्मघाती गोल पनि गरे ।
फ्रान्सले दुवै हाफमा ७/७ गोल गरेको थियो । फ्रान्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो जित हो ।
खेलको तेस्रो मिनेटमै एथान सान्तोसले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लियो । लगत्तै चौथो मिनेटमा मार्कुस थुरामले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । वारेन जयर एमेरीले १६औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे ।
१८औं मिनेटमा सान्तोसले रातो कार्ड पाएपछि जिब्राल्टर दश खेलाडीमा समेटियो । त्यसको फाइदा फ्रान्सले उठायो र ११ गोल थप्यो ।
जसमा एमबाप्पेले ३०औं, ७४औं र ८२औं मिनेटमा गोल गरे । जोनाथन क्लसले ३४औं, किंग्सले कोमनले ३६औं र ६५औं, युसुफ फोफानाले ३७औं, एड्रिएन राबिओटले ६३औं, उसमान डेम्बेलेल ७३औं तथा ओलिभर जिरुडले ८९औं मिनेट र इन्जुरी टाइममा गोल गरे ।
फ्रान्सले खेलमा ३९ सट प्रहार गर्दा जिब्राल्टरले एक पनि प्रहार गर्न सकेन । फ्रान्सका वारेन जएर इमेरी फ्रान्सका लागि खेल्नै सबै भन्दा युवा खेलाडी बने । उनले १७ वर्ष ८ महिना ११ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाए ।
यसअघि नै अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान बनाइसकेको फ्रान्सले समूह बी मा ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमै कायम छ । लगातार ७ खेल हारेको जिब्राल्टर अंकविहीन छ ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...