ताजा समाचार

अस्ट्रेलियाले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन्।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो २ः१५ बजे सुरू हुने खेलमा अस्ट्रेलियाले टस जितर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको हो । सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा भेट पक्का गरेका थिए ।

सबैभन्दा बढि विश्वकप विजेता अस्ट्रेलिया र उच्च प्रर्दशनिका साथ लिग चरणमा सबै खेल जितेको बलियो टिम भारत बिचको यो खेल रोमान्चक हुने खेल विश्लेषकहरुको ठम्याई छ । जारी विश्वकपको लिग चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो। यसपालि उच्च लयमा देखिएको भारत अहिलेसम्म अपराजित छ।

अस्ट्रेलिया लिग चरणमा २ खेल हारेपछि लयमा फर्किएको थियो। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन उसले कडा मेहनत गर्नुपरेको थियो। विश्वकपको इतिहासले भारतभन्दा अस्ट्रेलिया बलियो देखाउँछ।

अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ।भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बन्दा एकपटक सन् २००३ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org