ताजा समाचार

फिफा विश्वकप–२०२६ छनोटः नेपालले भोली यमनको सामना गर्दै

काठमाडौं । विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले फिफा विश्वकप–२०२६ र एएफसी एसिया कप–२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाले जनाएको छ ।

छनोट खेलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जानकारी दिएको छ । यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । खेलको टिकट खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री हुनेछन् ।

विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेको छ । नेपालले पहिलो खेलमा यूएईसँग ४० को हार बेहोरेको थियो ।

खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको र ललितपुरको च्यासल रंगशालामा प्रशिक्षण गरिरहेको छ । फिफा वरीयतामा यमन १५६ औं स्थानमा र नेपाल १७३ औं स्थानमा रहेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org