ताजा समाचार

मार्भलस सेमिफाइनलमा

2काठमाडौं, २० भदौ । मार्भलस इङलिस स्कुल सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

मार्भलसले काठमाडौं इङलिस स्कुल (केईएस) लाई ३२–३० को साँघुरो अन्तरले पराजित ग¥यो । मार्भलसका गणेश कार्कीले १० अंक जोडे ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै मार्टियर्स, चाँदबाग र एसियन पब्लिक सेमिफाइनलमा पुगे ।

मार्टियर्सले हेम्सलाई ३४–२५ ले हरायो । मार्टियर्सका इमरान हुसैनले २३ अंक जोडे । प्रशान्त गुरुङको २२ अंक सहयोगमा चाँदबागले अक्सिडेन्टललाई ३५–२६ ले पाखा लगायो ।

एसियनले अल्बर्टमाथि ३२–६ को सहज जित दर्ता ग¥यो । एसियनका रजिन तामाङले २३ अंक बटुले । सेमिफाइनलमा एसियनको भेट मार्टियर्ससंग हुनेछ भने मार्भलसले चाँदबागको सामना गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org