ताजा समाचार

संसारकै पाका उमेरका अन्तर्राष्ट्रिय क्रिकेटरको निधन

timthumb

जोहानेसबर्ग, २१ भदौ । विश्वकै सबैभन्दा बढी उमेरका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर लिन्ड्से टकेटको निधन भएको छ। उनी ९७ वर्षका थिए। टकेटले सन् १९४७ देखि १९४९ सम्म इङ्ल्यान्डविरूद्ध दक्षिण अफ्रिकाका लागि ९ टेष्ट खेलेका थिए। उनको सोमबार ब्लोमफोनटेनमा निधन भएको थियो।

उनको निधनपछि दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर जानी वाटकिन्स सबैभन्दा बुढा क्रिकेटर बन्न पुगेका छन्। जानीको उमेर ९३ वर्ष छ। टकेटले दोस्रो विश्वयुद्वपछि दक्षिण अफ्रिकाको तीब्र बलरको मुख्य जिम्मेवारी निभाएका थिए।

उनले सन् १९४७ मा ट्रेन्टब्रिज टेस्टबाट क्रिकेटको सुरुवात गरेका थिए। आफ्नो डेब्यु टेष्टको पहिलो इनिङमै टकेटले ६८ रन खर्चेर ५ विकेट लिएका थिए। आफ्नो अन्तर्राष्ट्रिय करिअरमा उनले १९ विकेट लिएका छन्, जसमा ५ विकेट लिने कीर्तिमान २ पल्ट दोहोर्‍याएका थिए।एजेन्सी  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org