ताजा समाचार

लिभरपुल प्रिक्वाटरफाइनलमा

1काठमाडौं, ३० भदौ । लिभरपुल इन्टरनेसनल कलेज सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको खेलमा लिभरपुलले नासा इन्टरनेसनल कलेजलाई ५९–२८ ले पराजित ग¥यो । विजेताका समित खत्रीले १५ अंक जोडे ।

ब्वाइजमै सीसीआरसी र रोजबड पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । सीसीआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ४८–२८ ले हरायो । सीसीआरसीका मनीषले १६ अंक जोडे । एलिस वज्राचार्यको १९ अंक सहयोगमा रोजबडले ग्रिनविचलाई ६४–२८ ले निराश पा¥यो ।

गल्र्समा जेभियरले रोजबडलाई ४०–१७ तथा तथा नासाले आयोजक बर्नहार्टलाई ४४–१४ ले पन्छाए । जेभियरकी कर्माले १२ तथा नासाकी अनिशा बस्नेतले १८ स्कोर गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org