ताजा समाचार

डिस होमले ल्यायो गज्जवको फ्रि अफर, रिचार्ज गर्दा जडान उपकरण सित्तैमा

काठमाडाैं ३, भदाै । स्याटेलाइट प्रविधिमा आधारित डिटिएस सेवा प्रदायक डिसहोमले “डिसहोम फ्रि अफर” सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेसनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना आकर्षक हुने कम्पनीले जनाएको छ । भदौ १ गते सुरु भएको योजना सिमित अवधिको लागि भएको पनि कम्पनीले जनाएको छ।

डिसहोम केहि समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागी सेयर जारी गर्ने तयारीमा रहेको पनि बिज्ञप्तीमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org