ताजा समाचार

आखिर को हुन् वायुसेवा निगम डुवाउने खेलमा पर्दा पछाडीका खेलाडी, आन्तरिकतर्फ ९ मध्ये ७ विमान ग्राउन्डेड

काठमाडाैं ८, भदाै । नेपाल एयरलाइन्सका विमानले उडान भर्नका लागि गन्तव्य नपाउनु त सामान्य जस्तै बनिसकेको छ तर, आन्तरिक उडानमा प्रयोग हुने जहाज समेत ग्राउन्डेड गराएर विमान थन्क्याउनाले सरकारी सम्पत्तिमाथी चलेको ब्रम्हलुटको पर्दाफास भएको छ ।

यतिबेला आन्तरिक उडानमा प्रयोग हुने निगमका ९ जहाजमध्ये ७ वटा ग्राउन्डेड भएका छन् । यता नीजि कम्पनीका जहाजहरु भने दुर्गममा उडान भर्नै मान्दैनन् । दुर्गममा जाँदा घाटा हुने र जहाजको आयु समेत घट्ने भन्दै उनीहरु सेवामुखि हुनुको सट्टा नाफामुखि बन्दै गएको कुरा नकार्नै सकिन्न ।

भर्खरै मात्रै नेकपाका एकजना अध्यक्ष प्रचण्डले नीजि कम्पनीलाई मनग्य नाफा कमाउन छुट रहेको अभिव्यक्ति दिइसकेका छन् ।  यसले के पुष्टि गर्छ भने सरकार र सत्तारुढ दल नीजि कम्पनीका जहाजलाई पोस्ने दाउमा छ ।

निगमका जहाज ग्राउन्डेड भएको लामो समयसम्म संचालनमा नआउनुले नीजि विमान कम्पनीले निगमका कर्मचारी देखि मन्त्रीसम्मलाई कसरी मिलाइरहेका छन् भन्ने कुरा छर्लङ्गै छ । अहिले चीनबाट भित्र्याइएका जहाज सेतो हात्ति जस्तै भएको भनेर निगमका कर्मचारी आफू पन्छिने बाटो खोज्न थालेका छन् ।

यता, ट्राभल एजेन्सीहरु टिकट काट्दा समेत निगमका जहाजको टिकट बुकिङ गर्दै अन्तिम आवरमा बुकिङ क्यान्सील गराएर निगमलाई टाट पल्टाउने खेलमा लागेको कुरा समेत बाहिर आइसकेको छ । यस्तो भयावह अवस्थामा नीजि विमान कम्पनीले ट्राभल एजेन्सीलाई सिमित मात्रामा कमिशन दिएर निगमका टिकट अग्रिम बुकिङका नाममा सिस्टममा बुकिङ भएको देखिने गरि सिट फुल भएको देखाइदिन्छन् ।

जबसम्म नीजि विमान कम्पनीका विमानको सिट फुल हुँदैन तवसम्म निगमका विमानको टिकट बुकिङ नै हुन्छन् । तर, निमका कर्मचारीलाई यो कुरा थाहा नभएको भने पक्कै होइन । निगमका कर्मचारीका नाममा समेत केहि प्रतिशत कमिशन आउने भएपछि उनीहरु आनन्दले बसेर यता सरकारको तलव सुविधा उपयोग गर्छन भने उता नीजि विमान कम्पनिबाट समेत लाभ लिइरहेका छन् ।

नागरिक उड्डयन तथा पर्टन मन्त्रालय भने निर्देशन दिएको जस्तो गर्छ अनि त्यहि रात काठमाडाैंका तारे होटेलमा बसेर नीजि विमान कम्पनीका मालिकसंग घनिभूत छलपल गरेर उनीहरुलाई कसैगरि बचाउ गर्ने भन्दै निस्किन्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केहि दिन पहिले निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई प्रश्न गर्दै जहाज ग्राउन्डेड किन भए भनेर थर्काए तर, उनले यो भनेनन् कि काममा लाग्नुस, निश्चित समयसिमा भित्र जहाज नियमित उडानमा लैजानुस् नत्र भने निगममा नेतृत्व परिवर्तन हुनेछ । मन्त्रीले यति भन्न नसक्नुमा धेरै कारण छन् । जसका बारेमा भन्दा मानिसको मनमा ढ्याङ्ग्रो ठोकिने पक्का छ ।

निगमलाई टाट पल्टाउन उद्वत रहेका प्रत्येक मानिसबाट चुनाव खर्च असुल्ने तयारी गरेका उनले यसरी भन्न सक्ने कुरै छैन, बरु नयाँ विमान थप्ने नाममा करोडाैंको रकममा चलखेल गर्न बार्गेनिङ चल्छ । ‘तँ हान म रोए जस्तो गर्छु’ भने जस्तै निगमका महाप्रवन्धक कंसाकारलाई हकारेको जस्तो गरेर मिडिया बाजी गर्दै जनताको मनमा आशा जगाएर भित्रभित्रै खेल्ने काममा मन्त्री लगायतको टिम निपुण रहेको निगमका एक कर्मचारीले नाम नबताउने सर्तमा जनाए ।

उनका अनुसार प्रत्येक बैठकमा उठेका प्रश्नहरुको जवाफ भन्दा तानाखिचि जस्तो गराएर गोलमोटल अवस्थामा बैठक सक्काउने र काम गर्ने तदारुकताको साटो षडयन्त्र रच्ने काम हुने गरेको छ ।

काठमाडाैमको ठमेलस्थित एक ट्राभल एजेन्सिका अनुसार नीजि विमान कम्पनीले दिने कमिशनका कारण निगमको व्यापार नाफामा जान नसकेको हो । टिकेटिङका आधारमा नीजि विमान कम्पनीले विभिनन्न अफरहरु दिने र कमिशन त झनै पारदर्शी हुनाले उनी आफू पनि यस्ता काम गर्नेबारे स्विकार्छन् ।

थला परेको निगमलाई नयाँ नेतृत्व दिएर हुन्छ या पारदर्शी ढंगले काममा लगायर हुन्छ निगमका जहाज नियमित उडानमा लाने व्यवस्था गरे मात्रै पनि  निगमले आर्थीक बोझ धेरै बहन गर्न नपर्ने तर्क विज्ञहरुको छ तर, यसका लागि रानजीतिक नेतृत्व नै तयार नभएका कारण हाम्रो जस्तो देशमा संभव नभएको उनीहरुले जनाउदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org