कङ्गोको निर्वाचनः आँधी आउनु अघिको शान्ति ?
किन्सासा चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् ।
तर अफ्रिकाको बारुदको डब्बाको रुपमा रहेको गणतन्त्र कङ्गोमा आगामी डिसेम्बर २३ मा हुने राष्ट्रपति र संसदको चुनाव जति नजिक आउँदैछ चुनावी पर्यवेक्षकहरुको भनाइमा अनौठा घटनाक्रमको पटाक्षेप हुन अझै बाँकी छ ।
तुलनात्मक रुपमा शान्तिपूर्ण देखिएको चुनावी अभियान कुनै पनि बेला विस्फोटक हुनसक्ने उनीहरुको भनाइ छ । विगतको इतिहास हेर्दा दिर्घकालीन राजनीतिक हलचल वा हिंसाबाट मुलुक अघि बढ्न सक्नेछ ।
“चुनावको आयोजन त्यति पारदर्शी वा विश्वसनीय देखिएको छैन र जनता पनि आफूले रोजेका उम्मेदवार छान्न त्यति स्वतन्त्र छैनन्,” नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगेले बताउनुभयो । “त्यसैले, चुनावको नतिजाका विरुद्धमा प्रदर्शन अवश्य हुनेछ र यो लोकतन्त्रका लागि बिल्कुलै राम्रो होइन ।”
दशकौंदेखि गणतन्त्र कङ्गो अफ्रिकाको सम्भावना र दुःखान्तका रुपमा रहेको छ । भूगोलका दृष्टिबाट फ्रान्सको भन्दा झण्डै चारगुणा ठूलो कङ्गोमा बहुमूल्य धातुको भण्डार छ । यहाँ सुनदेखि युरेनियम तथा तामादेखि कोबाल्टसम्मको अथाह भण्डार छ ।
तर यो धनको केही व्यक्तिले मात्र उपभोग गरिरहेका छन् । यहाँ भ्रष्टाचार र असमानता धुरीमा छ । यहीबीच, हिंसा नै राजनीतिको कसौटी बनेको छ । विगतमा जायर नामले चिनिने गणतन्त्र कङ्गोमा बेल्जियमबाट सन् १९६० मा स्वतन्त्रता हासिल गरेयता शक्तिको शान्तिपूर्ण हस्तान्तरण हुन सकेकै छैन ।
विगत २२ वर्षमा भएका दुईवटा विभत्स युद्धले मुलुकलाई तहसनहस बनाएको छ । युद्धमा लाखौं मानिसको मृत्यु हुनुका साथै दक्षिण र मध्य अफ्रिकाबाट सैनिक हस्तक्षेप गर्नु परेको थियो ।
विश्लेषकहरुका अनुसार मुलुकका मध्य र पूर्वी भेगमा जारी तल्लो स्तरमा सीमित देखिएको लडाइँ पूरै देशभर क्षणभरमा पूर्ण युद्धमा परिणत हुन सक्नेछ ।
राष्ट्रपतिका लागि चुनावी मैदानमा २१ जना प्रतिस्पर्धामा छन् । वर्तमान राष्ट्रपति ४७ वर्षीय जोसेफ काबिलाले सन् २००१ देखि मुलुकको नेतृत्व सम्हालिरहनु भएको छ । उहाँ राजनीतिक हत्या गरिएका बुबा लरेन्ट काबिलाका छोरा पनि हुनुहुन्छ । यस चुनावमा जोसेफ काबिला राष्ट्रपतिमा प्रतिस्पर्धा गर्नुभएको छैन ।
तर चुनावी मैदानमा रहेका सबैजसो उम्मेदवार विवादमा मुछिनुभएको छ । काबिलाको समर्थनमा इमानुएल रमाजानी शाडारी राष्ट्रपतिको उम्मेदवार हुनुभएको छ, र उहाँमाथि युरोपेली युनियनले प्रतिबन्धहरु लगाएको छ ।
सोमबार, युरोपेली युनियनले शाडारीमाथि यात्रा प्रतिबन्ध र सम्पत्ति फ्रिज गर्ने विगतको निर्णयलाई पुनः यथावत राख्ने निर्णय गरेको छ । गृहमन्त्री हुँदा विपक्षीलाई निर्मम ढङ्गबाट दबाएको उहाँमाथि आरोप छ ।
कङ्गोको निर्वाचन आयोगले दुई जना प्रमुख व्यक्तिलाई उम्मेदवार हुनबाट प्रतिबन्ध लगाएका कारण विपक्षीहरुको स्थिति पनि कमजोर बनेको छ । आयोगले पूर्व युद्ध सरदार जाँ–पियर बेम्बा र क्षेत्रीय सामन्त मोइज काटुम्बीलाई राष्ट्रपतिको उम्मेदवार हुनबाट रोकेको छ । उनीहरु दुबैलाई मुलुकका पश्चिमी र दक्षिणपूर्वी क्षेत्रबाट ठूलो समर्थन रहिआएको छ ।
आयोगको उक्त कदमका कारण दुईजना विपक्षीहरु मुख्य प्रतिस्पर्धामा देखिएका छन्ः युडीपीएस पार्टीका फेलिक्स शिकेकेडी र मार्टिन फायुलु । फायुलुलाई बेम्बा र काटुम्बीको बलियो समर्थन छ ।
मतदान मेसिन
राजनीतिक विमति र शान्ति सुरक्षाको नाजुक स्थितिमा चुनावी सञ्चालनको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ । चुनावमा प्रयोग गरिने दक्षिण कोरियामा निर्मित विद्युतीय मतदान मेसिनदेखि विदेशी चुनावी पर्यवेक्षकको अभाव समेतले चुनावमा आशंका उत्पन्न गराएको न्यूयोर्क विश्वविद्यालयको कङ्गो अनुसन्धान समूहले जनाएको छ ।
विपक्षीहरु मतदान मेसिनका बारेमा विभाजित छन् । कङ्गोका सरकारी अधिकारीहरुले अफ्रिकी युनियनबाट पर्यवेक्षणका लागि आग्रह गरेका थिए । तर उनीहरुले युरोपेली युनियन र कार्टर फाउन्डेसनलाई आमन्त्रण गरेका छैनन् ।
डिसेम्बर २३ मा एउटा फ्रेन्चभाषी प्रतिवेदनमा ७० लाखभन्दा बढी मत धाँधली गर्न सकिने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “यही परिस्थितिमा चुनाव गरिए यसको नतिजाका विरुद्ध वर्षौंसम्म विरोध हुनेछ, निर्वाचनको वैधानिकतालाई अझ कमजोर बनाउनेछ र पूर्वी तथा कसाई क्षेत्रमा जारी द्वन्द्व अझ बढ्नेछ ।” रासस/एएफपी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












