कङ्गोको निर्वाचनः आँधी आउनु अघिको शान्ति ?
किन्सासा चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् ।
तर अफ्रिकाको बारुदको डब्बाको रुपमा रहेको गणतन्त्र कङ्गोमा आगामी डिसेम्बर २३ मा हुने राष्ट्रपति र संसदको चुनाव जति नजिक आउँदैछ चुनावी पर्यवेक्षकहरुको भनाइमा अनौठा घटनाक्रमको पटाक्षेप हुन अझै बाँकी छ ।
तुलनात्मक रुपमा शान्तिपूर्ण देखिएको चुनावी अभियान कुनै पनि बेला विस्फोटक हुनसक्ने उनीहरुको भनाइ छ । विगतको इतिहास हेर्दा दिर्घकालीन राजनीतिक हलचल वा हिंसाबाट मुलुक अघि बढ्न सक्नेछ ।
“चुनावको आयोजन त्यति पारदर्शी वा विश्वसनीय देखिएको छैन र जनता पनि आफूले रोजेका उम्मेदवार छान्न त्यति स्वतन्त्र छैनन्,” नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगेले बताउनुभयो । “त्यसैले, चुनावको नतिजाका विरुद्धमा प्रदर्शन अवश्य हुनेछ र यो लोकतन्त्रका लागि बिल्कुलै राम्रो होइन ।”
दशकौंदेखि गणतन्त्र कङ्गो अफ्रिकाको सम्भावना र दुःखान्तका रुपमा रहेको छ । भूगोलका दृष्टिबाट फ्रान्सको भन्दा झण्डै चारगुणा ठूलो कङ्गोमा बहुमूल्य धातुको भण्डार छ । यहाँ सुनदेखि युरेनियम तथा तामादेखि कोबाल्टसम्मको अथाह भण्डार छ ।
तर यो धनको केही व्यक्तिले मात्र उपभोग गरिरहेका छन् । यहाँ भ्रष्टाचार र असमानता धुरीमा छ । यहीबीच, हिंसा नै राजनीतिको कसौटी बनेको छ । विगतमा जायर नामले चिनिने गणतन्त्र कङ्गोमा बेल्जियमबाट सन् १९६० मा स्वतन्त्रता हासिल गरेयता शक्तिको शान्तिपूर्ण हस्तान्तरण हुन सकेकै छैन ।
विगत २२ वर्षमा भएका दुईवटा विभत्स युद्धले मुलुकलाई तहसनहस बनाएको छ । युद्धमा लाखौं मानिसको मृत्यु हुनुका साथै दक्षिण र मध्य अफ्रिकाबाट सैनिक हस्तक्षेप गर्नु परेको थियो ।
विश्लेषकहरुका अनुसार मुलुकका मध्य र पूर्वी भेगमा जारी तल्लो स्तरमा सीमित देखिएको लडाइँ पूरै देशभर क्षणभरमा पूर्ण युद्धमा परिणत हुन सक्नेछ ।
राष्ट्रपतिका लागि चुनावी मैदानमा २१ जना प्रतिस्पर्धामा छन् । वर्तमान राष्ट्रपति ४७ वर्षीय जोसेफ काबिलाले सन् २००१ देखि मुलुकको नेतृत्व सम्हालिरहनु भएको छ । उहाँ राजनीतिक हत्या गरिएका बुबा लरेन्ट काबिलाका छोरा पनि हुनुहुन्छ । यस चुनावमा जोसेफ काबिला राष्ट्रपतिमा प्रतिस्पर्धा गर्नुभएको छैन ।
तर चुनावी मैदानमा रहेका सबैजसो उम्मेदवार विवादमा मुछिनुभएको छ । काबिलाको समर्थनमा इमानुएल रमाजानी शाडारी राष्ट्रपतिको उम्मेदवार हुनुभएको छ, र उहाँमाथि युरोपेली युनियनले प्रतिबन्धहरु लगाएको छ ।
सोमबार, युरोपेली युनियनले शाडारीमाथि यात्रा प्रतिबन्ध र सम्पत्ति फ्रिज गर्ने विगतको निर्णयलाई पुनः यथावत राख्ने निर्णय गरेको छ । गृहमन्त्री हुँदा विपक्षीलाई निर्मम ढङ्गबाट दबाएको उहाँमाथि आरोप छ ।
कङ्गोको निर्वाचन आयोगले दुई जना प्रमुख व्यक्तिलाई उम्मेदवार हुनबाट प्रतिबन्ध लगाएका कारण विपक्षीहरुको स्थिति पनि कमजोर बनेको छ । आयोगले पूर्व युद्ध सरदार जाँ–पियर बेम्बा र क्षेत्रीय सामन्त मोइज काटुम्बीलाई राष्ट्रपतिको उम्मेदवार हुनबाट रोकेको छ । उनीहरु दुबैलाई मुलुकका पश्चिमी र दक्षिणपूर्वी क्षेत्रबाट ठूलो समर्थन रहिआएको छ ।
आयोगको उक्त कदमका कारण दुईजना विपक्षीहरु मुख्य प्रतिस्पर्धामा देखिएका छन्ः युडीपीएस पार्टीका फेलिक्स शिकेकेडी र मार्टिन फायुलु । फायुलुलाई बेम्बा र काटुम्बीको बलियो समर्थन छ ।
मतदान मेसिन
राजनीतिक विमति र शान्ति सुरक्षाको नाजुक स्थितिमा चुनावी सञ्चालनको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ । चुनावमा प्रयोग गरिने दक्षिण कोरियामा निर्मित विद्युतीय मतदान मेसिनदेखि विदेशी चुनावी पर्यवेक्षकको अभाव समेतले चुनावमा आशंका उत्पन्न गराएको न्यूयोर्क विश्वविद्यालयको कङ्गो अनुसन्धान समूहले जनाएको छ ।
विपक्षीहरु मतदान मेसिनका बारेमा विभाजित छन् । कङ्गोका सरकारी अधिकारीहरुले अफ्रिकी युनियनबाट पर्यवेक्षणका लागि आग्रह गरेका थिए । तर उनीहरुले युरोपेली युनियन र कार्टर फाउन्डेसनलाई आमन्त्रण गरेका छैनन् ।
डिसेम्बर २३ मा एउटा फ्रेन्चभाषी प्रतिवेदनमा ७० लाखभन्दा बढी मत धाँधली गर्न सकिने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “यही परिस्थितिमा चुनाव गरिए यसको नतिजाका विरुद्ध वर्षौंसम्म विरोध हुनेछ, निर्वाचनको वैधानिकतालाई अझ कमजोर बनाउनेछ र पूर्वी तथा कसाई क्षेत्रमा जारी द्वन्द्व अझ बढ्नेछ ।” रासस/एएफपी
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












