राजापाक्षेद्वारा राजीनामा

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाद्वारा सात हप्ताअगाडि प्रधानमन्त्री पदमा नियुक्त भएका महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । गत शनिबार आफ्नै निवासमा उनका समर्थक र पत्रकारहरूमाझ राजापाक्षेले राजीनामा दिएका हुन् ।
राजापाक्षेका छोरा नमाल राजापाक्षेका अनुसार राष्ट्रिय स्थायित्वका लागि उनले राजीनामा दिएका हुन् । राजापाक्षेको राजीनामाले श्रीलंकामा देखिएको झन्डै दुई महिना लामो शक्तिसंघर्ष र राजनीतिक संकटको अन्त्य हुने अपेक्षा गरिएको छ ।
गत बिहीबार श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति मैत्रिपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको थियो । सर्वोच्च अदालतका सातजना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मत रूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो । सर्वोच्चको फैसलासँगै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदमा नियुक्त गरेक राजापाक्षे पनि दबाबमा परेका थिए ।
विक्रमासिंगेको जित
राष्ट्रपति सिरिसेनाले गत अक्टोबरमा तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट सुरु भएको थियो । तर, राष्ट्रपति सिरिसेनाको कदम असंवैधानिक भएको भन्दै विक्रमासिंगेले अदालतको ढोका ढक्ढकाएका थिए । साथै, विक्रमासिंगेले गत बुधबार संसद्मा आफ्नो बहुमतसमेत प्रमाणित गरिसकेका छन् भने राजापाक्षेविरुद्ध संसद्ले अविश्वास प्रस्ताव पारित गरेको छ ।
२ सय २५ सांसद रहेको संसद्मा आफूले बहुमत प्रमाणित गरेर देखाउने दाबी विक्रमासिंगेले गर्दै आएका थिए । यसैबीच, सर्वाेच्च अदालतले राष्ट्रपति सिरिसेनाको कदमलाई असंवैधानिक ठहर गरेपछि विक्रमासिंगेलाई प्रधानमन्त्रीको पद सम्हाल्ने बाटो खुलेको थियो । आइतबारबाट विक्रमासिंगेले प्रधानमन्त्री पद सम्हाल्ने अपेक्षा गरिएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












