ओली क्रिश्चियन पादरीको दलाल : अध्यक्ष गोपाल किराँती
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिनको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किराँतीले यस्तो बताएका हुन ।
उनले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकार रहेको जिकिर गरे । उनले भने,‘पूर्व माओवादीका तर्फबाट केही साथीहरु खान पाइन्छ भनेर हाँस्दै जानुभयो, केही साथीहरु बाध्यतामा परेर सत्तापक्ष नेकपा बन्नुभयो, जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं, उहाँ धोकेवाज बन्नुभयो, हिजोको दिनहरुमा उहाँलाई हामीले नेता बनाएका हौं, माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन हुनुभयो, सत्तापक्ष नेकपाका असली कम्युनिष्ट कार्यकर्ताहरु हाम्रो पार्टीमा आउनुहुन्छ, हामी महान जनविद्रोह सम्पन्न गर्छौं।’
प्रचण्डभन्दा बादल राष्ट्रवादी नेता भएको उल्लेख गर्दै उनले आफूहरुले बादललाई महान जनविद्रोमा आउनको लागि आग्रह गरिसकेको जनाए । उनले थपे,‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्विकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर ईमान्दर सिपाई यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन् ।
राष्ट्रपतिको विलाशीप्रति आपत्ति
राष्ट्रपति विद्यादेवी भण्डारीको विलाषीताको बारेमा बाहिरिएका समाचारहरुप्रति आफूहरु पनि जानकार रहेको र राष्ट्रपतिले खोजेको विलाषिता जनताको हितविपरित भएको दाबी गरेको छ । अध्यक्ष किराँतीले राष्ट्रपतिका विलाषीताका कदमप्रति आपत्ति प्रकट गरे ।
उनले भने,‘राष्ट्रपति देश र जनताको हितविपरित जानुहुँदैन, जनताले खान लाउन पाएका छैनन्, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिने ? यस्तो पनि हुन्छ, हिजोआज त डेढ अर्बको हेलिकप्टर खरिद गर्ने निर्णय गरिएको समाचार आएका छन्, यो त झनै सुहाउँदो काम भएन ।’
आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने पनि अध्यक्ष किराँतीले जानकारी दिए । उनले भने,‘पुस र माघभित्रमा आठौं महाधिवेशनको बारेमा सम्पूर्ण तयारी पुरा गरिनेछ, गत मंसिर २८ र २९ गते राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु हामीले सार्वजनिक गरेका छौं, वर्तमान सरकारले जनताको हितमा काम गर्न सक्दैन, समाजवादको ‘स’ सम्मपनि कार्यान्वयन गर्न सक्दैन्, आफूहरु कसरी बन्ने ? कसरी धनी बन्ने भन्नेमा नै उनीहरु व्यस्त छन्, कसरी समाजवाद आउँछ ?’
ओली क्रिश्चियन पादरीको दलाल बने
किराँतीले प्रधानमन्त्री केपी शर्मालाई धार्मिक दलाल बनेको आरोप पनि लगाएका छन् । केही समय पहिले काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै अध्यक्ष किराँतीले भने,‘प्रधानमन्त्री ओली तीन दिनसम्म विदेशी धार्मिक संस्थाको कार्यक्रममा गएर सुत्नुभयो, विवादित धार्मीक संस्थाको कार्यक्रममा यसरी राज्यको कार्यकारी व्यक्तिले भाग लिन पाईन्छ ?’
विदेशीहरुले नेपालका धार्मीक सम्प्रदायलाई छिन्नभिन्न पार्न खोजिरहेको पनि उनले दाबी गरे । उनले थपे,‘सरकारले उनीहरुलाई साथ दिईरहेको छ, यसरी ओली पादरीहरुको दलाल बन्नेमा पु्ग्नु भएको छ, पूर्व एमाले एनजिओको पार्टी थियो, आजभोली क्रिश्चियन धर्मको संरक्षक र प्रचारक बनेको छ, धार्मीक द्धन्द्धको बीउ रोपेर देशलाई खतरा निम्त्याउने काम कुनै व्यक्ति वा राज्यका निकायबाट भयो भने हामीलाई स्वीकार्य हुँदैन ।’
‘विप्लव र वैद्य माओवादीसँग पार्टी एकता हुन्छ’
त्यस्तै अध्यक्ष किराँतीले विप्लव र वैद्य माओवादीसँग आठौं महाधिवेशन पछि पार्टी एकता गरिने स्पष्ट पारे ।
उनले भने,‘हाम्रो पार्टीको लाईन, विप्लवजीको पार्टीको लाईन, र वैद्य कमरेडको पार्टीको लाईन करिब एउटै हो, केही कुरामा विप्लवजीसँग मिलेका छैनन्, वैद्यले वैज्ञानिक समाजवाद भन्नुहुन्छ, विप्लवले पनि वैज्ञानिक समाजवाद भन्नुहुन्छ, वैद्यले जनक्रान्ति भन्नुहुन्छ, विप्लवले एकिकृत जनक्रान्ति भन्नुहुन्छ, हामीले महान जनविद्रोह भन्छौं, जसले जे भनेपनि सारमा सबैको लक्ष्य एउटै भएका कारण हामी तीनै पक्षबीच पार्टी एकीकरण हुन्छ, एकिकरणपछि नेतृत्वको बारेमा कुनै विवाद हुँदैन, वैद्य, विप्लव जसले पनि नेृत्व लिन सक्नुहुन्छ ।’
त्यस्तै कार्यक्रममा महासचिव कर्णजित बुढाथोकीले असली कम्युनिष्टहरुलाई अब ढिला नगरी एक ठाउँमा आउन आग्रह गरेका छन् । उनले भने,‘राष्ट्र र जनता अहिले अप्ठ््यारोमा परेका छन्, यो बेला पनि हामी असली कम्युनिष्टहरु एक ठाउँमा उभिन सकेनांै भने जनताले हामीलाई पत्याउँदैनन्, जनताहरु महँगीको मारमा छन्, राष्ट्रियता जोखिममा छ, सिमानामा अत्याचार भएकै छ, यस्तो स्थितिमा सरकारले कुनै काम गर्न सकेको छैनौं, हामीले सडकबाट उचित जवाफ दिन सकेका छैनौं, अघोषित धार्मीक द्वन्द्व बढाउन खोजिएको छ ।’
अबको दिनमा वर्गीय आन्दालेनमा उत्रिनुपर्ने धारणा राखे । उनले भने,‘कांग्रेसले हिन्दुराज्यको विषय उठाएको छ, यो राजतन्त्रलाई फर्काउने तर्क हो, अर्कातर्फ पूर्व एमाले एनजिओको पार्टी थियो, आजको दिनमा क्रिश्चियन धार्मीक संस्थाको संरक्षकजस्तै बनेको छ, सच्चा देशभक्त वामपन्थी शक्तिहरु एकजुट हुनुपर्छ, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा हामीहरु एक भएर अघि बढ्न जरुरी छ ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












