ओली क्रिश्चियन पादरीको दलाल : अध्यक्ष गोपाल किराँती
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिनको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किराँतीले यस्तो बताएका हुन ।
उनले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकार रहेको जिकिर गरे । उनले भने,‘पूर्व माओवादीका तर्फबाट केही साथीहरु खान पाइन्छ भनेर हाँस्दै जानुभयो, केही साथीहरु बाध्यतामा परेर सत्तापक्ष नेकपा बन्नुभयो, जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं, उहाँ धोकेवाज बन्नुभयो, हिजोको दिनहरुमा उहाँलाई हामीले नेता बनाएका हौं, माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन हुनुभयो, सत्तापक्ष नेकपाका असली कम्युनिष्ट कार्यकर्ताहरु हाम्रो पार्टीमा आउनुहुन्छ, हामी महान जनविद्रोह सम्पन्न गर्छौं।’
प्रचण्डभन्दा बादल राष्ट्रवादी नेता भएको उल्लेख गर्दै उनले आफूहरुले बादललाई महान जनविद्रोमा आउनको लागि आग्रह गरिसकेको जनाए । उनले थपे,‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्विकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर ईमान्दर सिपाई यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन् ।
राष्ट्रपतिको विलाशीप्रति आपत्ति
राष्ट्रपति विद्यादेवी भण्डारीको विलाषीताको बारेमा बाहिरिएका समाचारहरुप्रति आफूहरु पनि जानकार रहेको र राष्ट्रपतिले खोजेको विलाषिता जनताको हितविपरित भएको दाबी गरेको छ । अध्यक्ष किराँतीले राष्ट्रपतिका विलाषीताका कदमप्रति आपत्ति प्रकट गरे ।
उनले भने,‘राष्ट्रपति देश र जनताको हितविपरित जानुहुँदैन, जनताले खान लाउन पाएका छैनन्, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिने ? यस्तो पनि हुन्छ, हिजोआज त डेढ अर्बको हेलिकप्टर खरिद गर्ने निर्णय गरिएको समाचार आएका छन्, यो त झनै सुहाउँदो काम भएन ।’
आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने पनि अध्यक्ष किराँतीले जानकारी दिए । उनले भने,‘पुस र माघभित्रमा आठौं महाधिवेशनको बारेमा सम्पूर्ण तयारी पुरा गरिनेछ, गत मंसिर २८ र २९ गते राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु हामीले सार्वजनिक गरेका छौं, वर्तमान सरकारले जनताको हितमा काम गर्न सक्दैन, समाजवादको ‘स’ सम्मपनि कार्यान्वयन गर्न सक्दैन्, आफूहरु कसरी बन्ने ? कसरी धनी बन्ने भन्नेमा नै उनीहरु व्यस्त छन्, कसरी समाजवाद आउँछ ?’
ओली क्रिश्चियन पादरीको दलाल बने
किराँतीले प्रधानमन्त्री केपी शर्मालाई धार्मिक दलाल बनेको आरोप पनि लगाएका छन् । केही समय पहिले काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै अध्यक्ष किराँतीले भने,‘प्रधानमन्त्री ओली तीन दिनसम्म विदेशी धार्मिक संस्थाको कार्यक्रममा गएर सुत्नुभयो, विवादित धार्मीक संस्थाको कार्यक्रममा यसरी राज्यको कार्यकारी व्यक्तिले भाग लिन पाईन्छ ?’
विदेशीहरुले नेपालका धार्मीक सम्प्रदायलाई छिन्नभिन्न पार्न खोजिरहेको पनि उनले दाबी गरे । उनले थपे,‘सरकारले उनीहरुलाई साथ दिईरहेको छ, यसरी ओली पादरीहरुको दलाल बन्नेमा पु्ग्नु भएको छ, पूर्व एमाले एनजिओको पार्टी थियो, आजभोली क्रिश्चियन धर्मको संरक्षक र प्रचारक बनेको छ, धार्मीक द्धन्द्धको बीउ रोपेर देशलाई खतरा निम्त्याउने काम कुनै व्यक्ति वा राज्यका निकायबाट भयो भने हामीलाई स्वीकार्य हुँदैन ।’
‘विप्लव र वैद्य माओवादीसँग पार्टी एकता हुन्छ’
त्यस्तै अध्यक्ष किराँतीले विप्लव र वैद्य माओवादीसँग आठौं महाधिवेशन पछि पार्टी एकता गरिने स्पष्ट पारे ।
उनले भने,‘हाम्रो पार्टीको लाईन, विप्लवजीको पार्टीको लाईन, र वैद्य कमरेडको पार्टीको लाईन करिब एउटै हो, केही कुरामा विप्लवजीसँग मिलेका छैनन्, वैद्यले वैज्ञानिक समाजवाद भन्नुहुन्छ, विप्लवले पनि वैज्ञानिक समाजवाद भन्नुहुन्छ, वैद्यले जनक्रान्ति भन्नुहुन्छ, विप्लवले एकिकृत जनक्रान्ति भन्नुहुन्छ, हामीले महान जनविद्रोह भन्छौं, जसले जे भनेपनि सारमा सबैको लक्ष्य एउटै भएका कारण हामी तीनै पक्षबीच पार्टी एकीकरण हुन्छ, एकिकरणपछि नेतृत्वको बारेमा कुनै विवाद हुँदैन, वैद्य, विप्लव जसले पनि नेृत्व लिन सक्नुहुन्छ ।’
त्यस्तै कार्यक्रममा महासचिव कर्णजित बुढाथोकीले असली कम्युनिष्टहरुलाई अब ढिला नगरी एक ठाउँमा आउन आग्रह गरेका छन् । उनले भने,‘राष्ट्र र जनता अहिले अप्ठ््यारोमा परेका छन्, यो बेला पनि हामी असली कम्युनिष्टहरु एक ठाउँमा उभिन सकेनांै भने जनताले हामीलाई पत्याउँदैनन्, जनताहरु महँगीको मारमा छन्, राष्ट्रियता जोखिममा छ, सिमानामा अत्याचार भएकै छ, यस्तो स्थितिमा सरकारले कुनै काम गर्न सकेको छैनौं, हामीले सडकबाट उचित जवाफ दिन सकेका छैनौं, अघोषित धार्मीक द्वन्द्व बढाउन खोजिएको छ ।’
अबको दिनमा वर्गीय आन्दालेनमा उत्रिनुपर्ने धारणा राखे । उनले भने,‘कांग्रेसले हिन्दुराज्यको विषय उठाएको छ, यो राजतन्त्रलाई फर्काउने तर्क हो, अर्कातर्फ पूर्व एमाले एनजिओको पार्टी थियो, आजको दिनमा क्रिश्चियन धार्मीक संस्थाको संरक्षकजस्तै बनेको छ, सच्चा देशभक्त वामपन्थी शक्तिहरु एकजुट हुनुपर्छ, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा हामीहरु एक भएर अघि बढ्न जरुरी छ ।’
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको...
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...












