ताजा समाचार

बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन

काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ।

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ पुर्जी जारी गरिएको छ भने दुई पूर्वमन्त्रीसहित विभिन्न व्यक्तिहरु पक्राउ परिरहेका छन्। तर, इनम सापकोटाको मोबाइल नै नियन्त्रणमा लिएर घरमा राखेका प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनमाथि भने राज्यको रोचक छाया परिरहेको छ।

कल बाइपासदेखि इनम सापकोटासंगको विवादास्पद सम्बन्धकाबीच समेत राज्यको माथिल्लो तहमा रहेर तहल्का मच्चाइरहेका कुमार बेनमाथि वालेन्द्रले कारबाहीको डण्डा चलाउलान ? धेरैलाई विश्वास छैन कि, वेनमाथि कारबाही हुनेछ।

यस्तै, गृहमन्त्री सुधन गुरुङमाथि समेत अनेक आरोप लाग्दा उनी पुनः पदमा बहाली हुन पुगे। तर, प्रधानमन्त्री वालेन्द्रले आफ्नो सत्ता जोखिममा पार्न सक्ने देखेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने पक्राउ गर्ने चर्चा चल्न थालेको छ।

सहकारी प्रकरणदेखि राहदानी र नागरिकता प्रकरणमा पक्राउको सूचीमा रविलाई पनि तयार राख्दा वालेन्द्रको सत्ता थप जोखिमसहित बलियो बन्ने तर्क गर्ने गरिन्छ। तर, अपराधमा संलग्नमाथिको अनुसन्धान बलियो बन्ने अपेक्षा गरिएको बेला अपराधकै आहालमा रहेको आरोप खेपेका कुमार बेन कसरी वचिरहेका छन् ? रास्वपाले नै जवाफ दिन नसक्ने अवस्था बनेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org